गुनासो सुन्न प्राधिकरणमा कल सेन्टर सञ्चालन
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १६:१८:२७
१४ असार, मनहरि । हेटौंडास्थित नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले कल सेन्टर सञ्चालनमा ल्याएको छ । विद्युत्सम्बन्धी सर्वसाधारणको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याइएको डिभिजन प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।
विद्युत्सम्बन्धी गुनासोका लागि ११५० डायल गरी ८ थिच्नुपर्छ । यस कल सेन्टरबाट प्रदेश डिभिजन कार्यालयअन्तर्गत पालुङ, हेटौंडा र सिन्धुली वितरण केन्द्रका उपभोक्ताले आफ्नो गुनासो टिपाउन सक्नेछन् । तत्काल कल सेन्टरमा चार वटा फोन राखिएको र बिहान ९ देखि बेलुका ६ बजेसम्म सर्वसाधारणले कल सेन्टरमा फोन गर्नसक्ने डिभिजन प्रमुख द्विवेदीले बताए ।
उनका अनुसार यसबाट प्राधिकरणको नो लाइटको फोन उठेन भन्ने गुनासो पनि अन्त हुनेछ । कल सेन्टरमाअहिले बिहान ९ देखि साँझ ६ बजेसम्म फोन गर्न सकिने र केही समयपछि दैनिक १२ घन्टा सेवा दिने तयारीमा रहेको डिभिजन प्रमुख द्विवेदीको भनाइ थियो ।
हेटौंडा वितरण केन्द्र प्रमुख नरेन्द्र श्रेष्ठले विद्युत् अवरुद्ध हुनसाथ नो लाइटमा निरन्तर फोन आउने गरेको जानकारी दिँदै अब यो समस्या समाधान हुने विश्वास व्यक्त गरे । डिभिजन कार्यालयले पालुङ, हेटौंडा र सिन्धुली वितरण केन्द्रअन्तर्गतको उपभोक्ताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार