श्रीजनशील लघुवित्तको साधारणसभा आज, के-के छन् एजेण्डा ?
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार ११:११:३०
१५ असार, काठमाडौं । श्रीजनशील लघुवित्त वित्तीय संस्थाको शुक्रबार वार्षिक साधारणसभा बस्दै छ । सभा संस्थाकै केन्द्रीय कार्यालय गोलबजार, ७ सिराहामा बिहान ११ बजेबाट सुरु हुनेछ । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । त्यसका साथै अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेस हुनेछ । सभा प्रयोजनका लागि संस्थाले असार ४ गते बुक क्लोज गर्ने गरीसकेको छ । तसर्थ, असार ३ गतेसम्म सेयर खरिद गरी कायम रहने शेरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
श्रीजनशील र मानुषी लघुवित्त एक आपसमा मर्ज हुँदै छन् । यी दुई बीच चैत ३ गते एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ । दुवै कम्पनी बराबरी हौसियता मर्ज हुन लागेका हुन् । हाल मानुषीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा र श्रीजनशीलको केन्द्रीय कार्यालय सिरहाको गोलबजारमा रहेको छ । एक आपसमा मर्ज हुन लागेका यी दुवै कम्पनीको हाल चुक्ता पुँजी समान १० करोड ९३ लाख ७५ हजार रूपैयाँ रहेको छ । दुवै कम्पनीले आईपीओ जारी गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिवाईसी नेपाल लघुवित्तको स्थगित साधारण सभा माघ १२ गते बस्ने
माघ २, २०८१ बुधबार
जनउत्थान सामुदायिक लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने
पुष २८, २०८१ आइतबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार