आज धान दिवस : कृषिमन्त्री भुसाल रोपाइँमा सहभागी, काठमाडाैं उपत्यकामा नयाँ मेशिनको प्रयोग
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार ११:२७:१७
१५ असार, ललितपुर । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल शुक्रबार धान रोपाइँमा सहभागी भएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा मन्त्री भुसाल सहभागी भएका हुन् ।
कृषि विभागले आयोजना गरेको महोत्सवमा मन्त्री भुसालले खुमल १० नामक धान रोपाइँ गरेका छन् । उनले सुरुमा हातले र पछि राइस ट्रान्सप्लानरले रोपाइँ गरेका छन् । एक बिघा जमिनमा २० मिनेटमा रोपाइँ गर्न सकिने मेसिनमा चढेर मन्त्री भुसालले रोपाइँ गरे ।
यस प्रकारका मेशिन प्रयोग भएको काठमाडौं उपत्यकामा संभवतः पहिलोपटक हो । यसअघिदेखि तराईका जिल्लाहरु झापा, चितवन नवलपरासी, बर्दिया लगायतमा किसानले प्रयोग गर्दै आएका छन् ।
राष्ट्रिय बाली विकास केन्द्रका प्रमुख वरिष्ठ बाली विज्ञ टीका कार्कीका अनुसार रोपाइँमा मेसिनले मध्य पहाडका सम्म खेतका गरामा रोपाइँ गर्न सकिनेछ । रोपाइँमा स्थानीय, कर्मचारी तथा राजनीतिक दलका नेता कार्यकर्ताहरु सहभागी भएका छन् ।
यसअघिदेखि तराईका जिल्लाहरु झापा, चितवन नवलपरासी, बर्दिया लगायतमा किसानले प्रयोग गर्दै आएका छन् ।
सरकारले हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । यद्यपि सरकारले मुलुकलाई कृषि प्रधान देश भनेर घोषणा गरेको दशकौं भएपनि वार्षिक ४४ अर्ब रुपैयाँभन्दा बढी मूल्यको चामल आयात हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार