कैलाश पर्वतको दर्शनका लागि लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ बाटो बनाउँदै
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार ११:२९:५८
१५ असार, पिथौरागढ । भगवान शिवको घर मानिने कैलाश पर्वत अब भारतबाट हेर्न सकिने भएको छ। यसका लागि चीनको स्वशाषित भुमी तिब्बत जानु नपर्ने भारतीय मिडियाहरूले जनाएका छन । जसअनुसार उत्तराखण्डको पिथौरागढ जिल्लाको १८ हजार फिट अग्लो लिपुलेक पहाडबाट कैलाश पर्वत प्रष्ट देखिन्छ । यहाँबाट हिमालको हवाई दूरी ५० किलोमिटर छ। जहाँसम्म पुग्नका लागि अब दुइवटा बाटो बनाउने तयारी गरिएको भारतीय मिडिया दैनिक भाष्करले लेखेको छ ।
सो मिडियाका अनुसार यो नयाँ दर्शन मार्ग स्थानीय गाउँलेहरुले पत्ता लगाएका हुन् । गाउँलेको जानकारीमा अधिकारी र विज्ञको टोली पुगेर सडकको नक्सा, मानिसको बस्ने व्यवस्था, दर्शनस्थलसम्म पुग्ने बाटोलगायत अन्य व्यवस्थाको सर्वेक्षण गरिसकेको छ । र, उनीहरूले पर्यटन मन्त्रालयमा प्रतिवेदन पनि बुझाउँदै छन् ।
विज्ञ टोलीमा आएकी कृति चन्दले लिपुलेकको पहाड जहाँबाट देखिने पहाड नाभिडङभन्दा २ किलोमिटर माथि रहेको बताइन् । उनका अनुसार यहाँबाट ४–५ दिनको यात्रा गरेर कैलाश हिमालको दर्शन गर्न सकिन्छ । भक्तजनहरु सडकबाट धार्चुला र बुढी हुँदै नाभिडाङ पुग्नु पर्नेछ । यसपछि दुई किलोमिटरको आरोहण पैदल यात्रा गर्नु पर्नेछ ।
पुरानो लिपुलेक पुग्न २ किलोमिटर चढ्नुपर्छ, जुन सजिलो नभएको पर्यटन विभागले जनाएको छ । यहाँसम्म पुग्न बाटो पनि बनाउन सकिने भन्दै सर्बे सुरू गरिएको छ ।
यसैगरी, पिथौरागढकै जेओलिङ्काङ भन्दा २५ किलोमिटर माथि रहेको लिम्पियाधुरा चुचुरोबाट कैलाश हिमाल देख्न सकिने स्थानीय बासिन्दाले दाबी गरेका छन् ।
लिम्पियाधुरा शिखर नजिकै ओम पर्वत, आदि कैलाश र पार्वती सरोवर रहेका छन्। यहाँबाट कैलाश हिमाल देखेपछि यस क्षेत्रमा धार्मिक पर्यटनको दायरा बढाउने गरी कार्य अघि बढाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार