मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस, दुई हप्ताको बिचमा १०० जनाको मृत्यु
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार ११:३२:५
१५ असार, मेक्सिको । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ ।
यहाँका कतिपय स्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जसकाकारण विगत दुई हप्तामा कम्तिमा १०० जनाको मृत्यु भएको छ।
मेक्सिकोको चरम गर्मीले पनि बिजुलीको माग बढेको छ। जसका कारण अधिकारीहरुले धेरै ठाउँबाट विद्युत काट्नु परेकोले जनतामा थप समस्या बढेको छ । चर्को गर्मीका कारण मानिसहरु असहाय देखिएका छन् ।
मन्त्रालयको रिपोर्टअनुसार दुई तिहाइभन्दा बढीको मृत्यु १८ देखि २४ जुनको बीचमा भएको थियो भने बाँकी गत हप्ता भएको थियो। अर्कोतर्फ गत वर्षको सोही अवधिमा गर्मीका कारण एक जनाको ज्यान गएको थियो ।
मेक्सिकोमा सबैभन्दा धेरैको मृत्यु गर्मीका कारण भएको हो । त्यसैगरी डिहाइड्रेसन पनि कतिपयको मृत्युको कारण बनेको मिडिया रिर्पोटमा जनाईएको छ । ६४ जनाको मृत्यु टेक्सासको सिमानामा रहेको उत्तरी राज्य न्यूभो लियोनमा भएको थियो भने बाँकी खाडी तटमा रहेको छिमेकी तामाउलीपास र भेराक्रुजका बासिन्दा थिए।
यसैबीच हालैका दिनमा यहाँको तापक्रम घटेको खबर आएको छ । वास्तवमा चर्को गर्मीको सामना गरिरहेका जनताले वर्षाले राहत पाएका छन् । यद्यपि, केही उत्तरी शहरहरूमा अझै उच्च तापक्रम रेकर्ड गरिएको छ।सोनोरा राज्यको एकोन्ची सहरमा बुधबार अधिकतम तापक्रम ४९ डिग्री सेल्सियस रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
बसन्त चाड : दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री ओली खुसी
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार