ललितानिवास प्रकरणका ३ अभियुक्तको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश चुँडालको इजलासमा
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार ११:४१:४५
१५ असार, काठमाडौं । बालुवाटारको ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका ३ जनाको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि न्यायाधीश कुमार चुँडालको एकल इजलासमा पेसी तोकिएको छ ।
प्रहरीको न्यायिक हिरासतमा रहेका भक्तपुरको तत्कालीन मालपोत कार्यालय प्रमुख एवं पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र डिल्लीबजारका मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरी गैर न्यायिक रूपमा हिरासतमा राखेकाे भन्दै रिहाइकाे माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत मंगलबार पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालतले बुधबार मात्र ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
अमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार