कोशी प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्रीको विश्वासको मत प्रस्तावलाई मतदानबाट टुंग्याइँदै
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १२:४०:५५
१५ असार, काठमाडौं । कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । बिहीबार शुरु भएको अधिवेशन अन्तर्गत आज दोस्रो बैठक बसेको हो । बैठकमा बिहीबार मुख्यमन्त्रीले पेस गरेका विश्वासको मत लिनेसम्बन्धी प्रस्तावलाई मत विभाजनबाट टुंग्याउने कार्यसूची रहेको छ ।
प्रस्ताव हिजै टुंगोमा पुर्याउने कार्यासूची भएपनि पनि कार्की र अन्य मन्त्रीहरु बैठक छाडेर निस्किएपछि रोकिएको थियो । आजको बैठकमा कार्कीले पेस गरेका विश्वासको मतको प्रस्तावमा बिहीबार दलहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि मत विभाजनबाट प्रस्तावको टुंगो लगाउने कार्यसूची छ । कार्कीले विश्वासको मत पाउने संभावना शून्यप्रायः छ । ४७ मत रहेका विपक्षी दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले विश्वास मत नदिने घोषणा गरिसकेका छन् । एक मत रहेको जसपाले प्रस्तावको पक्ष वा विपक्षमा मत नदिई तटस्थ बस्ने बताएको छ ।
९३ सदस्य रहेको कोशी प्रदेशमा सरकार गठनका लागि ४७ मत आवश्यक पर्छ । जसपाले कुनै पक्ष नलिने भएपछि विपक्षीहरुले पनि सरकार गठन सक्ने अवस्था देखिँदैन । जसपाले प्रदेशको कोशी नाम परिवर्तन गर्ने विषयमा उभिने पक्षलाई मतबारे सोच्न सकिने बताउँदै आएको छ । एमाले हाल कायम रहेको कोशी नामबाट पछाडि नहटने अडानमा छ । मुख्यमन्त्री कार्की एमालेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार