यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाल समूह विजेता
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १२:५४:३३
१५ असार, काठमाडौं । एसीसी पुरुष यू-६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ बिजेता बनेको छ । शुक्रबारको खेलमा घरेलु टोली मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराउँदै समूह बिजेता बनेको हो ।
जितसँगै नेपाली टोली प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएको घरेलु टोली मलेसिया भने उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।
शुक्रबारको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ३३.४ ओभरमा अलआउट हुनुअघि १८३ बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने ३०.५ ओभरमै अलआउट हुनुअघि ९९ रनमात्र बनाउन जोड सफल भयो । नेपालको जितमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपालका लागि नवौं नम्बरका ब्याट्सम्यान अशोक धामीले अर्धसतकीय पारि खेले । उनले ५२ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका अशोकले केवल ३६ बलको सामना गरी पाँच छक्का र तीन चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान सूर्यान्सु कोइराला २९ रनमा पेभेलियन फर्किए । उनले २६ बलको सामना गरी पाँच चौका हिर्काएका थिए ।
अर्का ओपनर निरजकुमार यादव आठ रन र दीपुकुमार १५ रनमा आउट भए । प्रतिक भट्टराई चार रनमै आउट भए भने नरेन भट्टले २९ रन बनाए । सन्तोष यादव र आशिष लुहारले खाता सम्म खोल्न सकेनन् । कप्तान अभिषेख तिवारी चार रन जोडदा कीर्तिक कामतले १६ रन थपे ।
प्रतिक पोखरेलले अविजित दुई रन बनाए । आशोक धामी र नरेनबीच ३४ बलमा ४५ रनको साझेदारी गरे । भ्रमणकारी टोली नेपालले अतिरिक्त रुपमा २४ रन पाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको मलेसियालाई नेपाली बलरले दबाबमा राखेर खेले । अशोक धामी एक्लैले चार विकेट लिए । अर्का बलर अभिषेख तिवारीले तीन विकेट लिए । सन्तोष यादवले दुई र कीर्तिक कामतले एक विकेट लिए । अशोक म्यान अफ दी म्याच पनि घोषित भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार