भ्रष्टाचारका फाइल खोल्न थालेपछि एमाले आत्तिएर सरकार ढाल्ने खेलमा लागेको हो: मन्त्री गुरुङ
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १३:११:३३
१५ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारले ठूला भ्रष्टाचारका फाइल खोल्न थालेपछि नेकपा एमाले आत्तिएर सरकार ढल्छ भन्दै अनेक षडयन्त्र र जालझेलको खेलमा लागेको बताएका छन् । उनले एमालेकाे चाहना र चलखेलले वर्तमान सत्ता गठबन्धनमा कुनै प्रभाव नपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले एमालेमा सत्तामा जाने भोक जागेकाले यस्तो षडयन्त्रमा लागेको बताए । उनले भोको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने भन्दै एमालेको चाहनाले गठबन्धनको उद्देश्यमा परिवर्तन नआउने बताए ।
उनले भने, अहिले गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ, ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप दिए जस्तै हो । स्यालको सरापले हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भनेर एमालेले चलाएको हल्ला पनि यस्तै हो ।’
वर्तमान सरकार सुशासन दिने र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने उनले बताए । ‘सरकार भ्रष्टाचारका ठूला काण्डहरूको निष्पक्ष छानबिन गरी मुलुकलाई सुशासन दिने काममा लागेको छ । हामी नेपाली जनतालाई भ्रष्टाचारको भुंग्राेबाट निकाल्ने काममा लागेका छौ, यो नै गठबन्धन सरकारको ध्येय हो । एक पछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गरी हामी सुशासन दिनेछौँ,’ उनले भने । सुशासनपछि मात्रै विकास निर्माणले गति लिने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार