पक्राउ पुर्जी बोकेर अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात खोजी गर्दै प्रहरी
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १३:१२:८
१५ असार, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले पक्राउ पुर्जी बोकेर प्रहरीले बस्न्यातको खोजी गरिरहेको छ ।
काठमाडौं जिल्ला अदालतले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिइसकेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतको आदेशले उनी २४ वैशाख २०७८ मा पाँच लाख धरौटीमा रिहा भएका थिए । पुर्जी जारी हुनु पहिल्यैदेखि बस्न्यात फरार छन् ।
सोही प्रकरणमा केही दिनअघि पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, धर्मप्रसाद गौतमसहित ४ जनामाथि सीआईबीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।
हिरासतमा रहेकै बेला उनीहरूले आफूहरूलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै रिहाई गर्न वारेसनामा मार्फत सर्वोच्च अदालतमा रिट दायर गराइसकेका छन् । रिटमा आज न्यायाधीश कुमार चुँडालको एकल इजलासमा सुनुवाइ भइसकेको छ । आदेश आउने क्रममा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार