शरणार्थी प्रकरणमा जेल परेका सानु भण्डारी र केशव दुलाललाई नख्खु जेल सारियाे
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १५:२१:४५
१५ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, कीर्ते, संगठित र राज्यविरुद्धको अपराध मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका सानु भण्डारी र केशव दुलाललाई केन्द्रीय कारागारबाट ललितपुरस्थित नख्खु कारागार सारिएको छ ।
दुवै जनालाई यही मंगलबार ललितपुरको नख्खु कारागार सारिएको हो । गृह मन्त्रालयको पत्रका आधारमा उनीहरुलाई नख्खु कारागार पठाइएको केन्द्रीय कारागार प्रशासनले जनाएको छ ।
दुलाल र भण्डारी प्रकरणका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुकै बयानबाट विभिन्न भीआईपीहरु पक्राउ परेका थिए । सोही प्रकरणका मुछिएका पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री समेत रहेका एमालेका नेता टोपबहादुर रायमाझी, सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, गृहमन्त्रालय मातहतका हज कमिटीका अध्यक्ष शमसेर मियाँ लगायत जेल परेका छ । दुलाल र भण्डारीबाहेक खाण, रायमाझीसहित बाँकी सबै १४ जना केन्द्रीय कारागारमै राखिएका छन् ।
प्रकरणमा ११ जना अझै फरार छन् । बादल पुत्र प्रतीक पनि प्रहरीको फरार सूचीमा रहेका छन् । एक जना आशिष चौधरीमाथि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार