ललितानिवास प्रकरणमा हिरासतमा राखिएका ३ अभियुक्तको रिटमा कारण देखाउ आदेश जारी
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १५:३५:२८
१५ असार, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललितानिवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका ३ जना अभियुक्तले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिछ निवदेनमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार चुडालको एकल इजलासमा आज सुनुवाइ गर्दै हिरात थुनामा राख्नुका लिखित कारण पेस गर्न आदेश जारी भएको हो । हिनामिनाको आरोपमा मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतम मंगलबारदेखि हिरासतमा छन् ।
उनीहरूलाई पक्राउ गर्नुको कारण र आधारसहित बाटाको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेस गर्न आदेश दिएको छ ।
उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार बिहान पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट ७ दिनको अनुमति लिई अनुसन्धान जारी राखेको छ ।
अभियुक्त तीनै जनाले आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरी गैरन्यायिक तवरले हिरासतमा राखेको भन्दै वारेसमार्फत बिहीबार रिट दायर गराएका थिए । प्रकरणमा अन्इ ४ जनाले भने पक्राउ पर्नुपहिल्यै जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्नबाट रोक्न ‘स्टे अर्डर’ लिएर बसेका कारण पक्राउ परेकै दिन (मंगलबार) प्रहरीले बोलाउनेबखत उपस्थित हुने गरी कागज गराई छाडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार