चोरीका घटना बढेपछि बर्दिबासका व्यापारी आक्रोशित
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १७:४:४७
♦ विशाल बस्नेत
१५ असार, महोत्तरी । महोत्तरीको बर्दिबासमा श्रृंखलाबद्ध चोरी हुन थालेपछि सुरक्षा निकायसहित सरोकारवालाको कडा आलोचना हुन थालेको छ । उद्योग वाणिज्य संघ बर्दिबासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले शान्ति सुरक्षा कायम राख्न स्थानीय सरकार र प्रहरी प्रशासनको भूमिका कमजोर रहेको भन्दै आलोचना गरेका हुनन् ।
पछिल्लो समय औद्योगिक सहरको रुपमा विकास हुँदै गएको बर्दिबासमा चोरीका घटनाहरू वृद्धि हुनुले व्यापारीहरू समेत आतंकित बनेका छन् ।उद्योग बाणिज्य संघ बर्दिबासले अपराध न्यूनीकरण गर्ने उद्देश्यले सीसीटिभी जडान गर्न तयार रहेको जनाएको छ । ‘हामी सीसीटिभी जडान गर्न तयार छौँ । तर स्थानीय सरकार आफै अग्रसर भएर काम गर्ने बताए पनि ढिला भइरहेको छ,’ संघका अध्यक्ष अध्यक्ष बिष्णु खडकाले भने ।
मुख्य चोक र गल्लीहरूमा सीसीटिभी जडान नहुनु र सुरक्षा निकायको तदारुकता नदेखिनुले अपराधी गतिविधिहरूले थप प्रश्रय पाएको व्यापारीहरूको आरोप छ । शान्ति सुरक्षाको कायम गर्ने विषयमा स्थानीय सरकारको कमजोर व्यवस्थापन स्पष्ट भएको व्यापारी विनोद भण्डारीले बताए । ‘उद्योग वाणिज्य संघले समेत व्यापारको लागि स्वीकृति दिने क्रममा सुरक्षासम्बन्धी मापदण्डमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘संघले ब्यापारीहरु कति सुरक्षित छन् भन्ने विषयमा नियम बनाओस् ।’
सुरक्षा जस्तो संवेदनशील विषयलाई नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बेवास्ता गरेको आरोप लगाउँदै नेकपा एमालेका नगर सचिव निरज अधिकारीले स्थानीय सरकारले नगरभित्र अभिभावकत्व ग्रहण नसकेको बताए । घरभित्रै राखेका सामान तथा मोटरसाइकल तथा पछिल्लो ३ महिनामा १० वटाभन्दा बढी पसलका सटर फोरेर चोरी भएका छन् । ३ दिनअघि मात्र लाखौ मूल्य बराबरको दुई वटा सुन पसल चोरी भएको थियो ।
यता प्रहरीले भने अपराध न्यूनीकरणको लागी सक्रिय बनिरहेको दाबी गरेको छ । प्रहरी नायव उपरीक्षक तथा बर्दिबास इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले अपराध न्यूनीकरणको लागि सुरक्षाकर्मी नयाँ ढंगले खटिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार