ललितपुर जिल्ला अदालतका कर्मचारीले आइतबार पेन डाउन गर्ने
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १७:४६:५८
१५ असार, काटमाडौं । अदालतका कर्मचारी प्रेमिका सुब्बामाथि वकिलले कुटपिट गरी घाइते तुल्याएका घटनामा अदालतका कर्मचारीहरु विरोधमा उत्रिने भएका छन् ।
नायब सुब्बा प्रेमिका तामाङलाई कुटपिट गर्नेमाथि कारवाही गर्न माग गर्दै अदालतका कर्मचारीले आउने आइतबार पेन डाउन गर्ने घोषणा गरेका छन् । बिहीबार फाइल हेर्ने क्रममा कानुन व्यवसायी अमिर लामिछानेले हातपात गर्दा कर्मचारी तामाङको मुखमा चोट लाग्नुका साथै सर्ट च्यातिएको दाबी गरिएको छ ।
चार वटा सङ्घ सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै कुटपिटको विरुद्ध अदालतका कर्मचारीहरूले असार १७ गते बिहान १० बजेदेखि १ः३० बजेसम्म पेन डाउन गर्ने जनाएका छन् ।
विज्ञप्तिमा कार्यालय समयमा कार्यालयभित्र कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी (वकिल) लामिछानेलाई कानुनबमोजिम कारबाहीको माग समेत गरिएको छ ।साथै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न पनि सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण गराएको छ ।
लामिछानेलाई झुटा आरोपमा पक्राउ गरिएको भन्दै रिहाईको मागसहित उच्च अदालत पाटनमा रिट दायर गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार