बलात्कार मुद्दामा मालिकार्जुन गाउँपालिकाका वडाध्यक्ष धामी कारागार चलान
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १८:१४:५३
दार्चुला, १५ असार । जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका दार्चुलाका एक वडाध्यक्षलाई कारागार चलान गरिएको छ । करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामीलाई जिल्ला अदालतको आदेशमा मुद्दा पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो ।
अध्यक्ष धामीले गाउँकै एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा मुद्दा चलेको थियो । महिलालाई जबरजस्तीकरणी गरेको घटनामा जाहेरी परेपछि वडाध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो ।
प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथि अभियोग लगाई अदालत पेश गरेपछि जिल्ला अदालत दार्चुलाले अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार