‘श्रम उत्सव’मा विप्लवले उडाए ड्रोन, १०० बिगाहमा धान रोपाइँ, (फोटोफिचर)
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १८:४४:१०
१५ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय धान दिवस अवसरमा एक सय बिगाहमा धान रोपाइँ गरेको छ ।
‘आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी’ नामक केन्द्रीय योजना अनुसार आज चितवन, बर्दिया, कपिलवस्तु, सिन्धुली, धनगढी, बाँके, रुपेन्देही, झापा, सुनसरी, नवलपरासी लगायत जिल्लाहरुमा गरी १०० बिगाहमा रोपाइँ गरेको केन्द्रीय कार्यालयले जनाएको छ । नेकपाले असार १५ लाई यस वर्षदेखि ‘श्रम दिवस’ मनाउने सुरु गरेको छ ।
रोपाइँको उद्घाटन महासचिव विप्लवले कपिलवस्तुको शिवराज नगरपालिकास्थित केन्द्रीय कार्यालय नजिक आयोजित रोपाइँ कार्यक्रममार्फत रोपाइँको उद्घाटन गरेका थिए । केन्द्रीय उत्पादन नीतिअन्तर्गत कपिलवस्तुमा शुक्रबार बिहान ड्रोन उडाएर श्रम उत्सवमा रोपाइँको उद्घाटन गरेका हुन् । कार्यक्रममा ‘पार्टीको केन्द्रीय उत्पादन योजनाअन्तर्गत आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी केन्द्रीय अभियान २०८०’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा महासचिव विप्लवले श्रम उत्सवले धर्ती जाली र फटाह–काँतरको नभई श्रमिको भएको सन्देश दिएको बताए । उनले आज देशैभरमा गरी पार्टी एक बिगाहमा धान रोपाइँ गरेको बताए । पार्टीले नेता कार्यकर्तालाई आफ्नै श्रम र मेहनतमा बाँच्न सिकाउने र पार्टीलाई श्रमिको पार्टी बनाउने अभियानमा उत्पादनले महत्वपूर्ण सहयोग पुग्ने बताए ।
आफ्नै मेहनत र पसिनाले राजनीति गर्ने संस्कृतिको विकास नेकपाले सुरु गरेको बताउँदै नेकपाले लिएको वैज्ञानिक समाजवादमा कोही पनि अरुको श्रममा बाँच्नु नपर्ने अवस्थाको ग्यारेन्टी हुने बताए । आफ्नै श्रमको प्रतिफलमा बाँच्न र मुलुकलाई आत्मनिर्भरताको कसरी बनाउन सकिन्छ भन्ने कुरा सिकाउन पार्टीले आर्थिक नीति अघि सारेको समेत स्पष्ट पारे । उनी बीउ उखेल्ने, झार्ने र राेप्ने काममा सहभागी बने ।
रोपाइँमा नेकपाका स्थायी समिती सदस्य विषम, शिलु लगायत नेताहरु सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने एकजना पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार