ऐन जारीपछि पहिलो पटक राष्ट्रिय समन्वय परिषदको बैठक पोखरामा
नेपालबहस संवाददाता
असार १६, २०८० शनिबार १२:४:४३
१६ असार, पोखरा । राष्ट्रिय समन्वय परिषदको पहिले बैठक पोखरामा बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राष्ट्रिय समन्वय परिषदको सचिवालयको आयोजनामा शनिबार पोखरामा परिषदको प्रथम बैठक सुरू भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बैठकमा सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, गृहसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलको नेता सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखमध्येबाट सात सदस्य रहने कानुनी व्यवस्था अनुसार उपस्थित भएका छन् ।
विसं २०७७ साउन १३ गते तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन जारी भएसँगै परिषद कार्यान्वयनमा आए पनि यसको बैठक हालसम्म बस्न सकेको थिएन ।
संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा कानुन, नीति बनाउने देखि ठूला आयोजना कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय गर्न अधिकार सम्पन्न राष्ट्रिय समन्वय परिषदको पहिलो बैठक भएको हो । बैठकबाट तीन तहका सरकार बीचका अस्पष्टता र साझा अधिकारमा कानुन, नीतिलगायतका देखिएका समस्याको समाधान हुने विश्वास लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार