नागरिकता ऐन प्राप्तिमा भारतले महत्वपूर्ण भूमिका खेलेको उपेन्द्र यादवको खुलासा
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार ११:३१:१५
१७ असार, काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य (सांसद) उपेन्द्र यादवले ‘संशोधित नागरिकता ऐन २०७९’ कार्यान्वयनमा आउनुमा भारतको महत्वपूर्ण भूमिका रहेको खुलस्त गरेका छन् । भारतको सहयोग र मधेशीको निरन्तर संघर्षपछि नयाँ नागरकता ऐन ल्याउन सफल भएका खुलस्त गरेका छन् । उनले नागरिकताका लागि लामो लडाइँ लड्नुपरेको भन्दै ऐनमा महत्वपूर्ण अधिकारको व्यवस्था भएको बताए ।
अध्यक्ष यादवले शनिबार इण्डो–नेपाल डाक्टरर्स फोरमले आयोजना गरेको विधान र उद्देश्य लोकार्पण कार्यक्रममा नयाँ नागरिकता ऐन प्राप्तिको संघर्षमा भारतको महत्वपूर्ण सहयोग रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्ड गत जेठ १२ गते भारत भ्रमणमा निस्किएकै दिन मन्त्रिपरिषद्को अनुरोधमा राष्ट्रपति रामचन्द्र पौडलेले संशोधित नागरिकता विधेयक २०७९’प्रमाकिरण भई राजपत्रमा प्रकाशित भएपछि ऐनको रुप लिएको थियो ।
भ्रमणकै दिन प्रमाणिकरण हुनुलाई अधिकांश सांसदहरुले भारतको ‘इसारा’मा, भारतलाई ‘खुशी पार्न’ भन्दै संसदमा छलफलमा ल्याउन माग गरेका थिए । राप्रपा, एमाले र रास्वपाले प्रमाणिकरण प्रक्रिया नै संविधानविपरीत भएको भन्दै संसदमा हंगामानै चलाए । तर जसपा, लोसपा, जनमत लगायत मधेश केन्द्रित दलहरुले भने ऐनविरुद्ध मुद्दा पर्नुलाई ‘मधेशविरोधी कदम’को रुपमा लिँदै आलोचना गरिरहे ।
प्रमाणिकरणविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्चले कार्यान्वयनमा लैजान आदेश दिएपछि विवादित नागरिक ऐन कार्यान्वयनमा गएको छ । सोही ऐनअनुसार जन्मसिद्ध नागरिकका सन्तान र बाबु समेत ठेगान नलागेका सन्तानले वंशजको नागरिकता प्राप्ति क्रम जारी छन् । ऐन कार्यान्वयनमा आएको दुई सातामा प्रवेश नहुँदै जन्मसिद्धका हजारौं छोरीले वंशज नागरिकता लिइसकेका छन् । तथापि ऐनको चौतर्फी आलोचना भने जारी नै छ ।
विदेशीलाई नागरिक दिनकै निम्ति जन्मसिद्ध, बाबुको ठेगान नभएका र नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी नारी लगायत विदेशी (मुख्यगरी भारतीय)लाई वंशज नागरिकता दिनकै लागि नयाँ ऐनमा गलत प्रावधान राखेको अर्थका राजनीतिक विश्लेषकहरुले अर्थ्याइरहेका छन् । उनीहरुले नेपाललाई सिक्किमीकरणको बाटो फसाएको बताएका छन् । हुन पनि बेलाबेलामा बीबीसीसँग भारतीय राजनीतिक विश्लेषकहरुले नेपालको तराई क्षेत्रमा १ चौथाई मान्छे भारतीय रहेको दाबी गर्दै आइरहेका छन् ।
आफू भारत भ्रमण गर्नुपहिल्यै प्रमाणिकरण गर्न आग्रह गरिएको तर निस्किएकै दिन प्रमाणिकरण हुनुमा संयोगमा भएको भन्दै आरोपलाई खण्डन गर्दै आइरहेका छन् ।
सो कुराको पुष्टि हुने गरी अध्यक्ष यादवले शनिबारको सार्वजनिक कार्यक्रममा नयाँ नागरिकता ऐन आउनुमा भारतको सक्दो सहयोग र सदभाव रहेको खुलासा गरेका छन् । उनले भने, ‘नागरिकताको अधिकार धेरै लामो लडाइँपछि प्राप्त भएको छ । यो लडाइँमा भारतको भरपुर सदभाव र सहयोग रहेको छ ।’ उनले सहयोग र सदभावलाई द्ई देशको मित्रता र हार्दिकता भएको रुपमा बुझ्नुपर्ने तर्क गरे । उनले दुवै देशका चिकित्सक मिलेर बलियो संगठन बनाउनुपर्ने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार