उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फिर्ता
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार ११:५६:२८
१७ असार, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्रीमन्त्री नारायणकाजी श्रेष्ठ चीनको भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । पाँचदिने भ्रमण सकेर उपप्रधानमन्त्री श्रेष्ठ आइतबार बिहान स्वदेश फिर्ता भएका हुन् । आइतबार बिहान सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
उनलाई चीनको छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरेका थिए ।
उनलाई स्वागत गर्न पूर्वसभामुख एवम् माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीमगर, सुरक्षा निकायका प्रमुखहरू विमानस्थल पुगेका थिए । ७ सदस्यीय टोलीको नेतृत्व गरेर उनी गएको बुधबार चीन प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरे भने छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । विशिष्ट व्यक्ति तथा अधिकारीहरुसँगको भेटमा मन्त्री श्रेष्ठले छेन्दु–काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न र छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न आग्रह गरेका थिए ।
अवतरणपछि आयोजित विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ पक्षले बीआरआईबारे चासो राखेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार