कर्मचारीमाथि कुटपिटको विरोधमा सर्वोच्चसहित देशभरका अदालत ठप्प
अपरान्ह साढे १ बजेसम्म ‘पेन डाउन’
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १२:१४:३३
१७ असार, काठमाडौं । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङमाथि भएको कुटपिटको विरोधमा देशभरका जिल्लादेखि सर्वोच्च अदालतका कर्मचारीहरुले पेन डाउन गरेर कामकाज ठप्प पारेका छन् ।
वकिल अमिर लामिछानेले जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङलाई गत बुधबार कार्यकक्षभित्रै अपराह्न कुटपिट गरी घाइते बनाइदिएका थिए । लामिछाने पक्राउ परी अुनसन्धानका क्रममा प्रहरीको न्यायिक हिरासतमा रहेपनि कारवाहीबाट छुटकरा दिलाई थुनामुक्तको प्रयास भएको भन्दै कारवाहीको माग गर्दै जिल्ला, उच्च र सर्वोच्च अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले कर्मचारीमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्नुपर्ने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउनुपर्ने लगायत माग गरेका छन् । पेनडाउन कार्यक्रम साढे १ बजेसम्म जारी रहने बताएका छन् ।
विरोधका कारण सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्ममा बेञ्ज बस्न सकेको छैन । बञ्ज बस्न नसक्दा सुनुवाइ ठप्प भएको छ । नायब सुब्बा तामा«माथि कुटपिट गर्ने दोषीलाई कारवाही गर्न र देशभरका अदालतका कर्मचारीको सुरक्षाको ग्यारेन्टी गराउन निश्चित समय कामकावाही ठी िपारेको सर्वोच्च अदालत नेपाल कर्मचारी युनियन अध्यक्ष नरेश कार्कीले बताए । पीडकलाई कारवाही र कर्मचारीको सुरक्षा ग्यारेन्टी हुने भरपर्दो आधार नभए आन्दोलनका थप कार्यक्रम घोषणा हुने उनले बताए ।
फाइल हेर्ने क्रममा चलेको विवादमा लामिछानेले नासु तामाङमाथि कुटपिट गरेको र यसबाट तामाङको सर्ट च्यातिनुका साथै मुखमा चोट लागेको थियो । लामिछानेलाई सोही दिन पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार