समाजवादी मोर्चा जनता होइन सत्ता जोगाउने गठबन्धन : रबि लामिछाने
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १३:४५:२२
१७ असार, काठमाडौं । रास्वपाका सभापति रबि लामिछानेले समाजवादी मोर्चा सत्ता जोगाउने गठबन्धन भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंको गोकर्णेश्वर नगर भेला कार्यक्रममा बोल्दै सभापति लामिछानेले माओवादी केन्द्र लगायत ४ दल मिलेर हालै बनाइएको समाजवादी मोर्चालाई जनता जोगनाउन नभई सत्ता र सरकार जोगाउने मोर्चा भएको आरोप लगाएका हुन् ।
उनले २१ सिट भएको रास्वपाले सांसदमा रचनात्मक भूमिका निभाउने काम गरिरहेको भन्दै सत्ता र सरकारको लोभमा नरहेको र नफस्ने दाबी गरे । उनले पार्टी अहिले संगठन विस्तार र राजनीतिलाई सङ्लो बनाउनेतिर लागिरहेको बताए ।
मोर्चामा आवद्ध माओवादी केन्द्र, दल जसपा, एकीकृत समाजवादी र नेकप्राति संकेत गर्दै भने, ‘जनतालाई अधिकार दिने कुरामा मोर्चाबन्दी भए सरकारी कार्यालय राजश्व बुझाउन लाइन लागिरहेका नागरिकको दुःख घटाउन, वैदेशिक रोजगार जाने युवाहरुको पीडा गराउने र शिक्षा तथा स्वास्थ्यमा व्यापार शून्य बनाउने मोर्चा बनाउन रास्वपासँग तयार हुनु पथ्र्यो’ उनले भने, ‘तयार नहुनु भनेको जनता जोगाउन नभई सरकार जोगाउन मात्र हो भन्ने स्पष्ट हुन्छ ।’
उनले रास्वपामा पैसाको बिटो बोकेर आउनेलाई स्थान नभएको भन्दै इमान्दार र कर्मशील एवं स्वच्च छवि भएका व्यक्तिलाई मात्र स्थान दिने बताए । उनले विश्वास र इमानकै कारण आज बिहान ९१ वर्षका वृद्धलाई पार्टीको सदस्यता प्रदान गरेको बताए ।
रास्वले आगामी चुनावमा बहुमतको सरकार बनाउने मिसन लिएको जानकारी दिँदै त्यसमा केन्द्रित भएर काम गर्न निर्देशन दिर्न । उनले रास्वपाले स्थापना वर्षमै धेर्रै स्थानमा चुनाव लडेको त्यसमा केही हारेपनि राजनीति नहारेको बताउँदै उज्ज्वल भविष्य र इमान देखेरै युवा पंक्तिको लहर चलेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
यु–१६ युथ लिग: संकटाले आर्मीलाई हरायो
माघ ३, २०८१ बिहिबार