ललितानिवास प्रकरणमा ‘गुड र गोबर’ छुट्याइयोस् : बाबुराम भट्टराई
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १५:४८:४
१७ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं बाबुराम भट्टराईले ललिता निवास भ्रष्टाचार प्रकरणमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् । प्रकरणमा सीआईबीले जारी राखेको अनुसन्धानमा विभिन्न कालखण्डका मन्त्रिपरिषद् बैठकका निर्णय जोडिँदै गएको बेला नेपाल समाजवादी नेपालका अध्यक्ष समेत रहेका डा. भट्टराईले प्रकरणमा आफू र आफूनिकट कसैको पनि स्वार्थ र संलग्नता नरहेको सामाजिक संजालमार्फत स्पष्ट पारेका छन् ।
उनले प्रकरणमा निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही हुनुपर्नेमा आफू स्पष्ट रहेको बताएका छन् । आफूपनि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर काम गरेकाले प्रकरणमा आफ्नो नाम जोडेर जनता तहमा चिन्ता र चासो रहनु स्वभाविक रहेको भन्दै सामाजिक समितिमा छलफल भएर ललिता निवाससम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट प्रस्ताव आएर आफू नेतृत्वको मनित्रपरिषदको बैठकबाट ‘पशुपति टिकिन्छा गुठी’को नाममा पारित भएको हल्का स्मरण भएको बताएका छन् ।
उनले केही वर्षपहिले अख्तियार दुरुपयोग अनुसन्धान अयोगसँगको बयानमा पनि ललिता निवास प्रकरणमाथि निष्पक्ष छानबिन गरी सरकारी जग्गा दोहन गर्ने दोषीलाई मुद्दा चलाउन बताएको समेत समेत बताएका छन् । साथै उनले निष्पक्ष छानबिनले ‘गुड र गोबर’ छ्टयाउन सहज हुने दाबी गरे । हिलो छ्याप्ने काम नगर्न समेत आग्ह गरेका छन् ।
देशमा राज्यको सम्पत्ति निजी लाभकोनिम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानवीन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउॅदै आएको छु । त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु’ उनले लेखेका छन् ‘बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस् अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् ।’
सीआईबीले २०४९ देखि २०६९ सम्मको मन्त्रिपरिषद् बैठकको निर्णयले ललितानिवासको १४३ रोपनी जग्गा व्यक्तिको नाममा पुगेको देखिएपछि तत्कालीन मन्त्री, प्रधानमन्त्रीलाई पनि अुनसन्धानमा तानिनुपर्ने आवाज उठिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार