एसईईको नतिजा शनिबारभित्र आउँछः परीक्षा बोर्ड
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १६:२०:५५
१७ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही साता निकाल्ने तयारी गरेको छ । त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
बुधबारसम्म नतिजा प्रकाशित गर्ने गरी काम भइरहेको जनाइएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको छ । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ । अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम सकिन बाँकी छ ।
प्राविधिक समस्या नआए शनिवार नतिजा प्रकाशन बोर्डको तयारी छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम व्याच हुन् । यस वर्षको नतिजामा बोर्डल पुरानै ग्रेडिङ प्रणालीअनुसार ग्रेड छुट्याउने भएको छ ।
देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थी सहभागी थिए । ती मध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र रहेका छन् । कक्षा ९ देखि प्राविधिक धार समेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यार्थीका १५ हजार ४ सय ६१ जना परीक्षार्थी पनि एसईईमा सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार