संसदमा प्रदीप पौडेलको प्रश्न : साधारण खर्च चलाउन पनि ऋण लिनुपर्ने अवस्था कसरी आयो ?
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १६:५६:२९
१५ असार, काठमाडौं । सांसद प्रदीप पौडेलले सरकारले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गरेकै कारण मुलुकमा ऋणको भार बढदै गएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ माथि छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो बताएका हुन् ।
उनले राष्ट्रले आम्दानी र उत्पादन गर्न सक्ने अवस्थामा ऋण उठाउनुपर्ने बताए । ‘ऋण लिएर साधारण खर्च चलाउने परम्पराकै कारण मुलुकमा ऋणको भार बढ्या बढ्यै छ’ उनले भने, ‘ऋण लिने कामलाई साधारण खर्च चलाउने सजिलो उपायको रुपमा बुझदा ऋण बढेको हो ।’
सांसद प्रेम सुवालले न्याय क्षेत्रमा उठाउन बाँकी रहेको अर्बौं रुपैयाँ बिगो र जरिवाना रकम उठाउन सके मात्र पनि राष्ट्र ऋण उठाउन नपर्ने बताए । वैदेशिक रोजगारमा युवाहरुलाई जान रोकेर उत्पादन क्षेत्रमा लगाए मात्र पनि देश निर्माण तीव्र गतिमा हुने र ऋण लिन आवश्यक नपर्ने बताए ।
सांसद सुमाना श्रेष्ठले मुलुकमा हरेक नेपाली जन्मिँदै ७५ हजार १०० रुपैयाँ ऋण बोक्न विवश भइरहेको बताए । मुलुकमा सरकारी रकम उठाउन सरकारले बेवास्ता गरेको बताउँदै हाल बेरूजु ९ खर्ब ५९ अर्ब ५९ करोड ७ लाख पुगेको बताइन् ।
सांसद शिशिर खनालले ऋण उठाएर भौतिक पूर्वाधारमा मात्र खर्च गर्नुपर्ने बताए । सांसद सोबिता गौतमले सरकारमा पुग्ने हरेक दलले ऋण उठाएर कार्यकर्तालाई पोस्याउने काममा खर्च गरेका कारण मुलुक ऋणमा डुब्दै गएको बताइन् । ‘कुन दिन यस्तो आउने देखिन्छ, छिट्टै नै हामी सबै ऋणमा डुबेर सकिने हु्न डर लाग्न थालेको छ’ उनले भनिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार