‘राजाको छोरा’को बिहेमा लोमन्थाङ गाउँपालिकामा भाेलि सार्वजनिक बिदा
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १८:३०:५७
१७ असार, कामठाडौं । मुस्ताङमा ‘राजाको छोरा’को विहेमा लोमन्थाङ गाउँपालिकाले असार १८ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि सोमबार मुस्ताङगी राजा झिग्मी सिंघी पलवर विष्टका जेठा छोरा ‘रजकुमार’ झिग्मी भिण्डप फुनछोक वलपर विष्टको विवाह हुँदैछ ।
सोही विवाहका लागि गाउँपालिकाले पालिकाभर सार्वजनिक बिदा दिएको हो । मुलुकबाट राजतन्त्रको बिदाई भएको डेढ दशब बढी भइसक्दा पनि मुस्ताङमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक रुपमा अहिले पनि ‘राजा’ मान्ने प्रचलन कायमै छ । राजाको हुकुममा यहाँ नागरिकले आफ्नो धर्मकर्म, रीतिरिवाज तथा स्थानीय नियम मान्दै आएका छन् ।
‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरूङले जारी गरेको सूचनामा भनिएको छ ।
बिदाका दिन सोमबार गाउँपालिकाको कार्यालय, गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको सूचनामा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार