ललिता निवास प्रकरणमा थप ३ जना पक्राउ
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १८:४५:२६
१७ असार, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई रहेका छन् । प्रकरणमा यसअघि ७ जना पक्राउ परिसकेका छन् । तिमध्ये ४ जना अदालतको ‘स्टे अर्डर’ लिएका कारण ४ जनालाई कागज गराएर बोलाउने बखत उपस्थि हुने गरी छाडेका छन् । मिनबहादुर गुरुङ लगायत ३ जना प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न व्यक्तिहरुले विभिन्न समयमा नक्कली मोही र गुठी खडा गरेर आफ्नो नाममा गरेको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार