कानुनव्यवसायी लामिछानेविरुद्धको अभियोग फिर्ताको माग गर्दै वकिलहरु प्रदर्शनमा
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १२:३०:१८
१८ असार, काठमाडौं । कानून व्यवसायी अमर लामिछानेविरुद्धको अभियोग फिर्ताको माग गर्दै देशभरका कानुन व्यवसायी (वकिल)हरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।
गत बिहीबार ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि कुटिपिट गरेको अभियोगमा प्रहरीले वकिल अमर लामिछानेलाई पक्राउ गरी अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको बेला देशभरका वकिलहरुले प्रदर्शनमा उत्रिएका हुन् । आइतबार बिहान १० देखि साढे १ बजेसम्म पेन डाउन गरेका उनीहरुले सोमबार भने जिल्ला जिल्लामा विरोध सभा नै गरेका छन् । पेनडाउनका कारण आइतबार सर्वोच्च अदालतमा समेत सुनुवाइ प्रभावित बनेको थियो ।
जिल्लादेखि सर्वोच्च अदालतमा आज मुद्दामा बहस पैरवीमा भाग लिएका छैनन् । घटना स्थल ललितपुरको जिल्लाअ अदालत परिसरमा वकिलहरु ठूलो संख्यामा भेला भएर विरोध सभा गरे । विरोधसभाको नेतृत्व जिल्ला बार एसोसिएसनले गरेको हो ।
नासु तामाङलाई कार्यकक्षमै फाइल हेर्ने नाममा कुटपिट गरेको र कुटपिटबाट उनको मुखमा गहिरो चोट लाग्नुका साथै सर्ट समेत च्यातिएको छ । सोही घटनामा लामिछानेलाई तामाङको उजुरीमा पक्राउ गरेको थियो । विरोधपछि लामिछानेलाई प्रहरीले आइतबार साँझ नै साधारण तारेखमा रिहा गरिसकेको छ । तर अभियोगपत्र फिर्ता नभएको भन्दै उजुरी झुठो रहेको र फिर्ता हुनुपर्ने माग प्रदर्शनकारीहरुको छ ।
आज वकिलहरुले बन्दी प्रत्यक्षीकरण रिटबाहेक अन्य मुद्दामा बहसमा भाग नलिने घोषणा गरेका छन् । भाग नलिँदा सबै तहका अदालतमा मुद्दाकाे सुनुवाइ समेत प्रभावित भएकाे छ । वकिलहरुले कुटपिट घटनाको निष्पक्ष छानबिन गरी दोषी पत्ता लगाउनुपर्ने र घटनाको सीसी टिभीफुटेजको अध्ययन हुनुपर्ने माग राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
अमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार