पत्रकार लुईटेललाई पितृशोक
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १२:४८:१
१८ असार, विराटनगर । मोरङका पुराना पत्रकार शंकर लुइँटेललाई पितृशोक परेको छ । उनका बुवा छत्रपति लुइँटेलको गत असार १५ गते शुक्रबार विराटनगर स्थित निजी निवास मै स्वर्गारोहण भएको हो ।
२१ दिनसम्म विराटनगर स्थित कोशी अस्पतालको आईसीयूमा भर्ना भएर उपचार गराइरहनु भएका स्वर्गीय लुइँटेल मृगौला र प्रोस्टेट लगायतका रोगबाट ग्रस्त हुनुहुन्थ्यो ।
बिसं २००२ साल चैत २६ गते जन्मनु भएका सामाजिक व्यक्तित्व स्व लुईटेलको ७८ बर्षको उमेरमा निधन भएको हो । समाजसेवा र राजनीतिमा संलग्न उहाँका तीन छोरा शंकर, सुनिल र समीर लुईटेल, तीन छोरी शारदा दाहाल, सुशीला पोखरेल र सुष्मा पोखरेल रहेका छन् ।
जेठा छोरा शंकर नेपाल प्रेस यूनियनका संस्थापक नेता तथा पत्रकार महासंघ मोरङका सल्लाहकार छन् । काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय स्तरका एक दर्जन भन्दा बढी पत्रपत्रिकाहरुमा पूर्वाञ्चल संवाददाता रहिसकेका पत्रकार लुइँटेल हाल नेपालबहस डटकम र आर्थिक राष्ट्रिय दैनिकका कोशी प्रदेश प्रमुखका रुपमा कार्यरत छन् । उनी पत्रकार महासंघ मोरङका संस्थापक सहसचिव पनि हुन् ।
दर्जनौं सामाजिक संघसंस्थामा आबद्ध पुराना पत्रकार लुइँटेलका बुबाको निधनको दुखद घडीमा नेपालबहस परिवार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ एवं उहाँको बैकुण्ठबासको कामना गर्दछ । साथै पत्रकार शंकर लुइँटेल एवं लुइँटेल परिवारमा पर्न गएको यो बज्रपातलाई सहनसक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समवेदना प्रकट गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार