बहुप्रतिभाका धनि रियल हिरो सुदर्शन गौमत
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १३:२४:५२
१८ असार, काठमाडौं । रामेछापमा जन्मिएका सुदर्शन क्यानेडियन नागरिक हुन्। १३ वर्षको कलिलो उमेरमा ०५१ सालमा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी ठुलो दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काटिएका हुन् । दुवै हात गुमाएर पनि विश्वमा सबैलाई चकित पार्ने साहसिक कार्य गर्दै विश्व मानचित्रमा छुट्टै इतिहास कोर्न सफल उनि मानबिय सभ्यताका सफल उदाहरण हुन् भन्दा फरक नपर्ला।
दुवै हात गुमाएर पनि सानै देखि आफ्नो दैनिक कार्य आफैले नै गर्दै आएका गौतमले खुट्टाले लेखेर एसएलसी उत्तीर्ण गरे भने उनले खुट्टाले नै लेखेर मास्टर सम्म अध्ययन गरेका छन र कम्प्युटर साइन्समा डिप्लोमा सम्मको अध्ययन समेत पुरा गरे। उनि खुट्टालेनै आफ्नो गाडी, मोबाइल देखि कम्प्युटर सम्म चलाउँछन् ।
२०१३ मा विश्वको अग्लो चुचुरो सगरमाथाको सफल आरोहण गरिसकेका उनि चलचित्र हिम्मतवालीमा अभिनय गरेर पहिलो पटक नायकको रुपमा आफूलाई स्थापित गर्न सफल भएका थिए। क्यानडा सरकारबाट क्यानेडियन डिसेबिलिटी हल अफ फेम जस्तो गरिमामय अवार्ड पाएका गौतमले दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान र अवार्ड पाउन सफल भईसकेका छन्।
भर्खरै मात्र संसारको साँतौ आश्चार्य नियाग्रा फल्समा १२,५०० फिट माथिबाट स्काई डाइभ गरेर अर्को साहसिक कार्य गरेर दुनियाँलाई चकित बनाउन सफल बहुप्रतीभाका धनि सुदर्शन अद्भुत क्षमताका व्यक्तित्व हुन्। असाधारण क्षमताका सुदर्शन गौतमको परिचयको यतिमा मात्र सिमित छैन उनी फिल्मका नायक हुन्, सगरमाथा आरोही हुन्, मोटिभेसनल स्पिकर हुन्, सफल व्यवसायी हुन्, बरिष्ठ समाजसेवी हुन् भने संसारका मानिसहरूको लागि प्रेरणाको श्रोत हुन्। विश्व विख्यात व्यक्तित्व साहस र हिम्मतका प्रतिमूर्ति द रियल हिरो सुदर्शन गौतम नेपालीहरूका शान हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
'कार्साङ'को कलाकार टिम माघ २ गते हलहलमा जाने
माघ १, २०८१ मंगलबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार