नारायणकाजीलाई साइजमा ल्याउन सापकोटालाई अघि सारेर विप्लबलाई पार्टीमा इन्ट्री गराउने रणनीतिमा प्रचण्ड
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १३:३०:३७
१८ फागुन, काठमाडौं । पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको चुरीफरीलाई लिएर नेकपा माओवादीभित्र चर्को असन्तुष्टि बढेको छ । श्रेष्ठलाई उपप्रधानमन्त्री बनाएर सरकारमा सामेल गराउनै नहुने अडानमा रहेका केही नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनलाई उपप्रधानमन्त्रीबाट फिर्ता बोलाएर साइजमा नल्याए उनी विरुद्ध विद्रोह नै गर्ने चेतावनी दिएका छन् ।
दश वर्ष ज्यानको बाजी राखेर जनयुद्ध लडेका नेताहरु भन्दा जनयुद्धमा सहभागी नै नभएका श्रेष्ठलाई अध्यक्षले काखी च्यापेर आफूभन्दा पछाडिको वरियतामा राख्दा पार्टीमा चर्को असन्तुष्टि बढिरहेको भन्दै प्रचण्डसँग नेताहरूले गुनासो गरिरहेका छन् । जनमोर्चामा रहँदा श्रेष्ठले माओवादी र सरकारसँग दोहोरो भूमिका देखाएका थिए । जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि माओवादीमा छिरेका श्रेष्ठलाई लिएर माओवादीभित्र समय समयमा चर्को विवाद हुँदै आएको छ ।
उनलाई उपप्रधानसहित गृहमन्त्री बनाउने कुरामा पनि माओवादीभित्र निकै ठूलो विवाद आएको थियो । यसअघि बसेको केन्द्रीय समिति र पोलिटब्युरो बैठकमा पनि श्रेष्ठको विषयलाई लिएर निकै विवाद भएको थियो । बैठकमा राख्नैपर्ने भए श्रेष्ठलाई तेस्रो बरियताक्रम राखेर अरूलाई क्रमशः पहिलो र दोस्रो उपाध्यक्ष बनाउनुपर्ने कुरा पनि उठेको थियो । तर, अध्यक्ष प्रचण्डले अहिले पार्टी पनि कमजोर स्थितिमा रहेको र सरकारको नेतृत्वका कुरामा पनि असहज स्थिति रहेको भन्दै नेताहरूलाई थुम्थुम्याउने काम गरेका थिए ।
अहिले सरकारकै विषयमा पनि प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठकै बीचमा पनि टकराव बढेको छ । उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीलाई नै बाइपास गर्ने गरी गृहमन्त्रालयका कामकारबाही चलाएको भन्दै प्रचण्ड पार्टीलाई नै नयाँ मोडालिटीमा लगेर श्रेष्ठलाई साइजमा ल्याउने तयारीमा लागेका छन् । हालै समाजवादी मोर्चा बनेपछि प्रचण्डले पार्टीमा केही रुपान्तरण गर्ने सोच बनाएको नेताहरुकाे भनाइ छ । अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई पार्टीमै राम्रो स्थान दिएर ल्याउने गरी छलफल चलाइरहेका छन् ।
प्रचण्ड निकट नेताहरूको भनाइमा नेता अग्निप्रसाद सापकोटालाई वरिष्ठ उपाध्यक्ष बनाएर सहमति भएमा नेत्रविक्रम चन्दलाई माओवादीको दोस्रो उपाध्यक्ष बनाउने रणनीतिमा अध्यक्ष प्रचण्ड रहेका छन् । नारायण काजीलाई साइजमा ल्याउन विप्लव र बाबुरामलाई इन्ट्री गराउने उनको तयारी छ । नारायणकाजी चीनबाट फर्किएपछि प्रचण्डसँग थप विवाद बढेकाे छ । चीन भ्रमणको तयारीमा रहेका प्रचण्डले श्रेष्ठ चीन गएर फर्किएपछि वातावरण थप बिग्रिएको महसुस गरेका छन् ।
श्रेष्ठ ५ दिने चीन भ्रमण सकेर हिजाे स्वदेश फर्किएपछि पार्टीभित्र उनीलाई शंकाको दृष्टिले हेर्न थालिएको छ । एमसीसी पारित गराउने समयमा श्रेष्ठले माओवादीबाट अलग हुने धम्की समेत दिएका थिए । अध्यक्ष प्रचण्डले त्यति बेला पार्टीमै रहन र अवसर आएका बेला पहिलो प्राथमिकता दिने भन्दै सम्झाएका थिए । अहिले प्रचण्डले पनि त्यतिबेलै श्रेष्ठलाई पार्टी छोडेर जान दिनुपर्ने रहेछ भन्ने खालका भनाइहरु नेताहरू समक्ष राख्न थालेका छन् ।
श्रेष्ठको विषयलाई लिएर पार्टीभित्र सधैं विवाद हुने देखेपछि प्रचण्डले यसअघि बसेको बैठकमा नै पूर्व सभामुखसमेत भइरहेका अग्निप्रसाद सापकोटालाई पार्टीको उपाध्यक्ष बनाउने तयारी गरेका थिए । प्रचण्डले सापकोटालाई आफू पछिको उपाध्यक्ष बनाएर पार्टी प्रवक्ताको जिम्मेवारी दिने तयारी गरेका थिए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा यसबारेमा निर्णय लिने भनिएको थियो तर, केही आन्तरिक कुरा नमिलेकाले उनलाई नबनाइएको हो ।
सापकोटा सँगैका हरिबोल गजुरेललगायतका नेताहरू अहिले माओवादीका उपमहासचिव छन् । उपाध्यक्ष बनेपछि वरीयतामा सापकोटा उनीहरू भन्दा अगाडि हुने थिए । प्रचण्डले अहिले पनि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई उपाध्यक्ष कृष्णबहादुर महराभन्दा पछिको वरीयतामा राखेर मिलाउने तयारी गरिरहेका छन् । उता, विप्लवसँग कुरा मिले उनलाई पनि महासचिव नै बनाउनुपर्ने भएकाले अहिले प्रचण्ड पर्ख र हेरको अवस्थामा रहेको नेताहरूको भनाइ छ ।
अहिले माओवादीमा रहेका विभिन्न गुट मिलाउनुपर्ने भएकाले पनि प्रचण्डले यसको पहिले व्यवस्थापन गर्न खोजेका छन् । जनार्दन शर्मा र शक्ति बस्नेतको समूहले पनि श्रेष्ठलाई ठूलो जिम्मेवारी दिएर गल्ती गरेको बताइरहेको छ । श्रेष्ठकै पनि माओवादीभित्र आफ्नै समूह छ । २०६५ माघमा माओवादी र एकता केन्द्रबीच एकता भएपछि श्रेष्ठको एक समूह बनाएका थिए । तर, अब माओवादीभित्र स्थायी रुपमा उनको समूह नचल्ने देखिएको छ ।
माओवादीभित्र सबैभन्दा बलियो समूह भनेको नेता वर्षमान पुनको समूह हो । यो प्रचण्डको सबैभन्दा नजिक छ । माओवादीमा शक्तिशाली गुट बनाएका पुनले ४० जिल्लाका संगठनमा राम्रो पकड बनाएका थिए । अहिले उनी विरामी भएपछि गुटमा उथलपुथल आएको छ । बिरामी भएर चीनमा उपचार गर्न गएको समयमा उनको समूह कमजोर बनेको हो । यो समूह नारायण काजीको विरुद्धमा छ ।
माओवादीमा अर्थमन्त्री जनार्दन शर्माको समूह पनि सशक्त नै छ । पुनसँग प्रतिस्पर्धा गर्ने समूह शर्माको नै हो । उनी सबैभन्दा धेरै श्रेष्ठका विरोधी हुन् । आफू निकट नेताहरू केन्द्रीय कमिटीमा पनि बढी भएकाले उनको उपस्थिति दह्रो हुने गरेको छ । बेला बेलामा प्रचण्डलाई समेत उनले गुटकै बलमा धम्क्याउँदै आएका छन् । यो गुट पनि श्रेष्ठ विरोधी गुट हो ।
यस्तै महासचिव देव गुरुङको पनि गुट छ । वैद्यबाट विद्रोह गरेर पुनः माओवादी केन्द्रमा रामबहादुर थापाको नेतृत्वमा फर्केको समूहको नेतृत्व अहिले गुरुङले गरिरहेका छन् । पहिला यो समूहको नेतृत्व थापाले गर्ने गरेका थिए । थापा एमाले प्रवेश गरेपछि यो समूहको नेतृत्व गुरुङले गरेका हुन् । यो समूह पनि पहिलाजस्तो एक ढिक्का भने नरहेको बताइन्छ ।
माओवादीमा तेस्रो गुट पनि छ । यो भने जता फाइदा छ उनी मोडिने गरेको छ । यस्ता गुट प्रदेश प्रदेशमा रहेका छन् । प्रचण्डले पनि गुटभित्रको शक्ति सन्तुलन उपगुटले गर्दै आएको बताएका थिए । यसरी पार्टीभित्र रहेका विभिन्न गुट र उपगुटले समेत अध्यक्ष प्रचण्डले श्रेष्ठलाई हैसियतभन्दा ठूलो जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् । अब बस्ने माओवादीका बैठकहरूमा यसले उग्ररुप लिने देखिएको छ ।
प्रधानमन्त्री प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठक बोलाउने र समाजवादी मोर्चामा रहेका नेत्रविक्रम चन्दलाई माओवादीमा प्रवेश गराएर जिम्मेवारी दिने विषयमा छलफल चलाउने मनस्थिति बनाएका छ । यही मौकामा पार्टीको कार्य विभाजनमा पनि हेरफेर गर्ने उनको तयारी छ । चन्दसँग सहमति भएमा एकातिर अग्नी सापकोट र अर्को तफ चन्दलाई राखेर नेकपा व्युताउने प्रचण्डको रणनीति छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार