गैरदलित केटी भगाएका दलित युवाको घरमा भएकाे आगजनीबारे संसदमा उठ्यो आवाज, अभियुक्तहरु धमाधम पक्राउ
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १४:१०:३७
१८ असार, काठमाडौं । जुम्लामा गैरदलित युवतीसँग विवाह गरेका दलित युवाको घरमा आगजनी गरेर ध्वस्त पार्ने जत्थाका आवद्ध आरोपीहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीका अनुसार जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका २२ वर्षीय मुकेन्द्र नेपालीको जस्ताको पाताले छाएको एकतले घर केटी पक्षका मानिसहरुले आइतबार राति आगो लगाएर ध्वस्त पारिदिएका छन् ।
लामो समयदेखि प्रेममा रहेका मुकेन्द्रले स्थानीय बसन्ती गिरिलाई यही असार १२ मा भगाएर विवाह गरेका थिए । अन्तरजातीय विवाह समाजले स्वीकार नगर्ने भएपछि उनीहरू भागेर विवाह गर्ने स्थितिमा पुगेका थिए ।दलितले भगाएको आरोपमा आक्रोशित केटीका दाजु २२ वर्षीय हिक्मत गिरिको नेतृत्वमा आएको जत्थाले मुकेन्द्रकाे घरमा आगो लगाएका पीडित पक्षले जनाएको छ । त्यसरात घरभित्र काेही नरहेका कारण मानवीय क्षति हुन पाएन ।
आगजनीबाट घर पूर्णरुपमा ध्वस्त भएको छ भने, धनमाल नष्ट भएका छन् । आगजनी घटनामा हिक्मत गिरिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । आगजनीमा संलग्नमाथि कारवाहीका लागि मुकुन्दका दाजु लोकेन्द्रले विभिन्न व्यक्तिको नाम किटानसहित प्रहरीमा जाहेरी दिएका छन् । सो आधारमा पक्राउ सुरु गरिएको हो । केटीका बुबा श्रीराम, काका नारायण लगायतविरुद्ध जाहेरी दिइएको छ ।
१२ पास गरेर लाेकसेवाका लागि तयारी गर्न नेपालगञ्ज बसेर अध्ययन गरिरहेका मुकुन्दले केही दिनअघि गाउँमा पुगेर बसन्तीलाई भगाएर विहे गरेका थिए । केटी पक्षका मानिसहरुले केटीको विवाह गर्ने उमेर नपुगेको भन्दै केटालाई कारवाही हुनुपर्ने मागसहित आक्रोश पोखेका छन् । प्रहरीले मुकेन्द्र र बसन्तीको खोजी गरिरहेको जनाइएको छ । पक्राउ परेका हिक्मतलाई जातीय छुवाछुत र आगजनी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिइएको छ ।
गिडीखोलाको उक्त बस्तीमा दलित समुदायका २९ घरधुरी छन् । घर जलाउने क्रममा गिरिहरूले दलितविरूद्ध जातीय विभेद र छुवाछुत हुने गरी गाली गलाैज र अपशब्द प्रयाेग गरेकाे केटाका दाजु भरत नेपालीले बताए ।
संसदमा उठ्यो आवाज
आगजनी घटनाबारे सोमबार बसेको राष्ट्रिसभा बैठकमा सांसदहरुले आवाज उठाएका छन् । घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । मुलुकी फौजदारी संहिता २०७४ ले जातको आधारमा विभेद वा छुवाछुत गर्न निषेध गरेको छ । यससम्बन्धी कसुर गर्नेमाथि जेल सजाय र जरिवानाको व्यवसथा गरिएको छ ।
यस्तै, भागेर विवाह गरेको आरोपमा गोरखाका सन्तोष सुर्खेती र गोरखा बबिता श्रेष्ठ अहिले काठमाडौंको कालिमाटी प्रहरी वृत्तको हिरासतमा छन् ।
प्रतिरोध गर्ने चेतावनी
अन्तरजातीय विवाहको निहुँमा दलित युवाको घरमा आगजनी गरेको भन्दै दलित अगुवाहरुले विरोध गरेका छन् । घटनामा संलग्नहरुमाथि कानूनको दायरा ल्याउन राज्यले आनकानी गरेमा प्रतिरोधमा उत्रने चेतावी दिएका छन् ।
दलित सेवा संघ जुम्लाका अध्यक्ष भीमबहादुर सार्कीले आइतबार विज्ञप्ति जारी गर्दै गिरिले मुलुकी अपराध संहिता, २०७४ र जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर सजाय ऐन २०६८ विपरीत कसुर गरेको भन्दै त्यसअनुसार मुद्दा दर्ता गरी कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।
उनले केटी पक्षका माइतीको नेतृत्वमा आएको समूहले ज्यान मार्ने उद्देश्यले घरमा आगो लगाइएको जिकिर गर्दै कडा कारबाही र आगजनीका कारण नष्ट भएको चल, अचल सम्पत्तिको मूल्यबराबरको क्षतिपूर्ति भराउन माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार