बलात्कार मुद्दामा ६ वर्ष कैदसजाय पाएका प्रतिवादी १३ वर्षपछि पक्राउ
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १६:४२:५७
१८ असार, काठमाडौं । अपहरण तथा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको साविक उरहरी गाविस–८ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ बस्ने वर्ष ३१ को नविन बस्नेत रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई यही आइतबार साँझ काठमाडौंको काभ्रेस्थलीबाट पक्राउ गरिएको हो ।
अध्ययन तथा नागरिता बनाउने कामको सिलसिलामा दाङको तुलसीपुर–५, नयाँ बसपार्कस्थित न्यू राप्ती गेष्ट हाउसमा दाजु नाता पर्ने एकजना व्यक्तिको साथमा बास बसेकी युवतीलाई नविन बस्नेत समेतका व्यक्तिहरूले २०६७ असार १५ गते राति अन्दाजी ११ः३० बजे लछार–पछार, कुटपिट गरी भगाई पीडित युवतीलाई अपहरण गरी लगेर तुलसीपुर–५ र ९ को सिमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा सामुहिक जबरजस्ती करणी गरेका थिए । सोका जाहेरी लछारपछारमा सँगै परेका नााले दाजु पर्ने व्यक्तिले दिएका थिए । नबिन घटनापछि फरार रहँदै आएका थिए ।
जाहेरीका आधारमा प्रहरीले चलाएको अपहरण तथा बलात्कार मुद्दामा बस्नेतलाई जिल्ला अदालत दाङले ६ वर्ष कैद सजायको फैसला सुनाएको थियो । पछि सोही फैसलालाई सर्वोच्च अदालतको मिति २०७९ जेठ १० मा सदर गर्दै बस्नेतलाई साविक मुलुकी ऐन बमोजिम ६ वर्ष कैद हुने ठहर हुने फैसला सुनाएकाे थियो ।
पक्राउ परेका बस्नेतलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार