ह्याकरको नियन्त्रणमा पुगेको फेसबुक पेजलाई सशस्त्रले माया मार्यो
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार ११:३९:४७
१९ असार, काठमाडाैं । लामो समयदेखि ह्याकरको कब्जामा रहेको सशस्त्र प्रहरी बल, नेपालले सामाजिक सञ्जाल फेसबुक आफ्नो नियन्त्रणमा ल्याउन असफल भएको छ । पुरानो एकाउण्ट ह्याकरले लगेपछि सशस्त्र प्रहरीले नयाँ फेसबुक पेज सञ्चालनमा ल्याएको छ ।
यसअघिको आफ्नो फेसबुक पेज ह्याकरको कब्जाबाट निकाल्न नसकेपछि नयाँ पेज सञ्चालनमा ल्याइएको हो । विगतमा सञ्चालित फेसबुक पेजमा विभिन्न समस्या आएकाले हाल नयाँ फेसबुक पेज सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । ‘आजै परिपत्र गरिएको छ, नयाँ सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालनमा आएको छ’, सशस्त्र प्रहरीका एक अधिकृतले भने ।
सशस्त्र प्रहरीको आधिकारिक फेसबुक पेज लामो समयदेखि ह्याकरको कब्जामा छ । उक्त पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास असफल भएपछि बाध्य भएर सशस्त्रले नयाँ पेज सञ्चालनमा ल्याएको हो । सशस्त्रले आधिकारिक फेसबुक पेजसँग मिल्दोजुल्दो नाममा बनाइएका अन्य एकाउन्टबाट नझुक्किन समेत सचेत गराएको छ ।
दैनिक रुपमा संगठनका गतिविधि अपलोड भएका पेज एकिन गरेर मात्र फलो तथा लाइक गर्न सुझाइएको छ । संगठनसँग सम्बन्धित विविध गतिविधि प्राप्त गर्न नयाँ पेजलाई फलो तथा लाइक गर्न पनि आग्रह गरिएको छ । साथै, ट्विटर पेजसमेत फलो तथा लाइक गर्न अनुरोध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रमा चार डीआईजीको म्याद थपमा अवरोध कायमै, रोक्ने लविङमा एसएसपीहरु नै सक्रिय
पुष १८, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार