प्रहरी निरीक्षकले महिला प्रहरीलाई डियर भनेपछि छानबिनमा
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार ११:३८:५
१८ असार, पाेखरा। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमल्सिनाले सोही प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको आरोपमा छानविनमा परेका छन् ।
इन्स्पेक्टर तिमल्सिनाले पठाएको म्यासेज सार्वजनिक भएपछि उनी छानविनमा परेका हुन् । पीडित महिला प्रहरीले तिमल्सिनाले पठाएको म्यासेजको स्क्रिनसट ‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा पोष्ट गरेपछि सार्वजनिक भएको थियो । यस क्रममा उनले सुरक्षाको सेवक भएर पनि असुरक्षा भएको बताएकी छन् ।
‘सुरक्षा सेवक भएर उनले नेपाल प्रहरीको शक्तिबाट महिलाका लागि असुरक्षाको वातावरण सिर्जना गरिरहेका छन्,’ उनले लेखेकी छन् । तिमल्सिनाले आफू पीडित भनिएकी महिला प्रहरीको शरीरको फ्यान भएको भन्दै फोटो पठाउन आग्रह गरेको देखिन्छ । उनले महिला प्रहरीलाई डियर भन्दै सम्बोधन गरेका छन् । ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ ।
पीडितले ट्वीटरमा नयाँ आईडी खोलेर यो स्क्रीनसटको विवरण पोष्ट गर्दै सञ्चारमाध्यम र प्रहरी प्रधान कार्यालय, नक्सालको ट्वीटर ह्याण्डललाई मेन्सन गरेपछि छानविनमा परेका हुन् । कास्कीमा कार्यरत डीएसपी श्रवणकुमार बिकको नेतृत्वमा समिति गठन गरेर छानबिन थालेको कास्की प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार