सुरक्षा माग गर्दै सर्वोच्च पुगे ललितपुर जिल्ला अदालतका कर्मचारी
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १२:२४:२४
१९ असार, काठमाडौं । कानुन व्यवसायी (वकिल)बाट आफूहरूलाई ज्यानकै खतरा बढेको भन्दै ललितपुर जिल्ला अदालतका सबै कर्मचारी कार्यालय छाडेर सर्वोच्च अदालतमा पुगेका छन् ।
वकिलहरुबाट बारम्बार कुटपिट र ज्यान मार्ने धम्की आएका कारण कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था नरहेको भन्दै न्यायालयको सर्वोच्च संस्था सर्वोच्च अदालत पुगेका हुन् । न्यायाधीश समेत सर्वाेच्च पुगेका छन् ।
ललितपुर अदालतका नायब सुब्बा प्रेमिका तामाङमाथि असार १३ गते कार्यकक्षमै वकिल अमिर लामिछानेले कुटपिट गरी सर्त च्यातिने र घाइते तुल्याएको घटनापछि वकिल र कर्मचारीबीच द्वन्द्व नै चलेको छ ।
वकिलहरुले लामिछानेलाई फसाइएको आरोप लगाउँदै आइतबार देशभरका अदालतमा पेनडाउन गरे भने सोमबार देशैभरका अदालतमा बहसमा भाग लिएनन् । जसका कारण बेञ्च बस्ने सकेन र मुद्दाको सुनुवाइ प्रभावित बन्न पुग्यो । प्रहरीले आरोी लामिछानेलाई साधारण तारेखमा रिहा गरेपनि मुद्दाको किनार लाग्न बाँकी नै । वकिलहरुले भने फाइल हेर्ने क्रममा कर्मचारीले घुस मागेको अवस्थामा तानातान हुँदा चोट लागेको भन्दै मुद्दा झुटो भएकाले फिर्ता हुनुपर्ने माग गरेका छन् ।
यस्तो अवस्थाबीच कर्मचारीले भने वकिलहरुले धम्क्याउन नछाडेको भन्दै काम गर्न सक्ने अवस्था नभएकाले कार्यालय छाड्न बाध्य भएको बताएका छन् । घटनाको निष्पक्ष छानबिन गर्न उनीहरुले माग गरेका छन् । कर्मचारीहरूले भने आफूहरूको जिउधनको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने अडान लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार