फर्जी कागजका भरमा बैंक ऋण प्रवाह गरेको आरोपमा एक जना पक्राउ
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १२:४०:४
१९ असार, काठमाडौं । नक्कली कागजातका भरमा ऋण प्रवाह गरेको आरोपमा आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–९ का मोहम्मद सद्धाम रहेका छन् ।
उनले श्रीमती आसमा खातुन प्रोप्राइटर रहेको एएस ट्रेडर्स एन्ड सप्लायर्सका नामबाट एनआईसी एसिया बैंकको राजविराज शाखाबाट २ करोड ८० लाख ऋण प्रवाह गरेको पाइएपछि अनुसन्धानका लागि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सप्लार्यसले फर्जी लालपूर्जा, लिखत पेस गरेर ऋण पाउन प्रस्ताव गरेका कागजातका भरमा ऋण प्रवाह गरेर संस्थालाई हानी नोक्सानी पुर्याउने र जालसाजी तथा कीर्ते कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
सप्लायर्सका मालिक आसमा खातुन हुन् । खातुन सद्धामकी श्रीमती भएको खुलेको छ । दुवै जनाको मिलेमतोमा नक्कली कागजातमा ऋण दिने र लिने घटना भएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार