ललितानिवास जग्गा प्रकरणमा आराेपीहरूको ‘स्टे अर्डर’ खारेजीका लागि सर्वाेच्च पुग्याे प्रहरी
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १४:५२:२७
१९ असार, काठमाडौं । बालुवाटारको सरकारी जग्गा ललितानिवास प्रकरणमा मुछिएका आरोपीलाई पक्राउ नगर्न दिइएको आदेश बदरको माग गर्दै प्रहरीले सर्वोच्च अदालतमा ‘भ्याकेट’ निवेदन दर्ता गराएको छ ।
२०७९ साउन १९ गते सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले दिएको ‘पक्राउ नगर्नू’ भन्ने आदेश विरुद्ध एक वर्षपछि प्रहरीले सोमबार भ्याकेट निवेदन दायर गराएको हो ।
न्यायाधीश खतिवडाको एकल इजलाशले ललितानिवास प्रकरणमा मुछिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनेर अन्तरिम आदेश दिएको थियो । उक्त आदेश विरुद्ध सर्वोच्च अदालतमा ‘भ्याकेट’ निवेदन दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
सर्वोच्चको अन्तरिम आदेश देखाएर १२ असारमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, अधिकृत सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई सीआईबीले रिहा गरेको थियो ।
प्रकरणमा ७ जना हिरासतमा छन् । हिरासतमा रहेका मध्ये मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीर शाहले वारेसमार्फत बन्दी प्रत्यक्षीकरण रिट दायर गराएका छन् । उक्त रिटमा अन्तरिम अादेश दिनु पर्ने वा नपर्ने टुंगाे लगाउन सुनुवाइका लागि आज न्यायाधीश द्वय डा.आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलाशमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार