ललितानिवास प्रकरण : हिरासतमा रहेका ३ आरोपीको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाइ भएन
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १५:३८:१८
१९ असार, काठमाडौं । सरकारी स्वामित्वको ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका ३ जनाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन ।
रिटमाथि अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने टुंगो लगाउन सुनुवाइका लागि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजालसमा पेसी तोकिएको थियो । तर सर्वोच्च प्रशासनले ‘हेर्न नभ्याइने’ राखेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यही असार १२ गते जग्गा हिनामिनामा संलग्नताको आरोपमा पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सोही क्रममा आरोपी सुधीरकुमार शाह, मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले आफूहरुलाई रिहा गर्न माग गर्दै असार १३ मा बन्दी प्रत्यक्षीकरण रिट दायर गराएका थिए ।
रिटमाथि न्यायाधीश कुमार चुडालको एकल इजलासले प्रारम्भिक आदेश दिँदै सरकारसँग पक्राउका लिखित कारण पेस भनेको थियो । सरकारले लिखित जवाफ पेस गरेपछि आज सुनुवाइको तयारी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
अमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार