दवावमा छ सीआईबी, बाधा खडा गर्छ अदालत !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १६:३८:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/bhatbhateti__VIiMz5sZQT_xYVjlOtVHr.jpg)
१९ असार, काठमाडौं । पेन्डिङमा गइसकेको फाइललाई फेरी खोलेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान कारबाही अघि बढाएको छ । संगठित अपराधमा मुद्दा चलाउनुपर्ने भएकाले चलाउनु पर्ने निकै दवावमा पनि छ, सीआईबी । कीर्तेमा २५ दिनभित्र अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा दायर गरि सक्नुपर्छ भने संगठित अपराधमा अधिकतम ६० दिनभित्र अदालतमा मुद्दा पुर्याउन सकिन्छ ।
अहिले सीआईबीले सरकारी कागजात किर्ते गरेको अभियोगमा ललितानिवास जग्गा प्रकरणमा मुछिएकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने केहीलाई अदालतको अवरोधका कारण समाउन सकेको छैन । १७ जनालाई पक्राउ नगर्नु भन्ने आदेश विरुद्ध सीआईबी नै भ्याकेट लिएर अदालत जानुपरेको छ । २०७९ साउन १९ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले ललितानिवास प्रकरणमा जोडिएका १७ जनालाई कीर्ते मुद्दामा पक्राउ नगर्नु, नगराउनु भन्दै अन्तरिम आदेश दिएका थिए ।
यो आदेशले गर्दा सीआईबीले ललितानिवास जग्गा कीर्ते सम्बन्धीको अनुसन्धान अगाडि बढाउन पक्राउ गर्नुपर्ने व्यक्तिलाई पक्राउन गर्न सकिरहेको छैन । पक्राउ परेका दुई जना बन्दीप्रत्यक्षीकरणको माग लिएर सर्वोच्च अदालत गएका छन् । उनीहरूको रिटमाथि सुनुवाई गर्ने समय नभएर मंगलबार हेर्न नभ्याइनेमा राखिएको छ । सीआईबीको हिरासतमा रहेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमको रिट निवेदन मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ ।
मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त रिट निवेदन हेर्न नभ्याइने भन्दै अर्को दिनलाई सारेको हो । यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपित विरुद्ध कीर्तेसँगै संगठित अपराधमा पनि अनुसन्धान गर्ने सीआईबीको तयारी छ ।
सीआईबीले साविक मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी कसुरका अलावा यो प्रकरणमा संगठित अपराधको दफासमेत थपेर अनुसन्धान फराकिलो बनाउन लागेको हो । यस्तो अवस्थामा मुद्दा अगाडि बढाउन अदालत बाधा देखिएको छ । यसैले ललितानिवास प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्नु भन्ने सर्वोच्चको आदेशविरुद्ध सीआईबी भ्याकेट निवेदन लिएर सर्वोच्च जानु परेको छ । अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता पनि भएको छ । अब अदालतले कस्तो आदेश दिन्छ त्यसअनुसार सीआईबी अगाडि बढ्नुपर्छ ।
सीआईबीको निवेदन सोमबार सर्वोच्च अदालतले दर्ता गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश देखाएर १२ असारमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, अधिकृत सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रिहा भएका थिए । सीआईबीको नियन्त्रणमा रहेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहले दिएको बन्दी प्रत्यक्षीकरण रिटबारे के हुन्छ भन्ने अझै अनिश्चित छ । यसरी एकातिर अदालत अवरोध बनिरहेको छ भने अर्को तर्फ मुद्दा अगाडी नबढाउन विभिन्न राजनीतिक दवाव पनि उत्तिकै छ ।
किर्तेसँगै संगठित अपराधमा पनि अनुसन्धान गर्न सीआईबीले साविक मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी कसुरका अलावा यो प्रकरणमा संगठित अपराधको दफासमेत थपेर अनुसन्धान फराकिलो बनाउन लागेको छ । यसका लागि ब्युरोले महान्यायाधिवक्ता कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अधिकारीसँग समन्वय गरिसकेको छ । ललिता निवास जग्गा प्रकरणमा अहिले मुलुकी ऐनको किर्तेसम्बन्धी महलअनुसार अनुसन्धान भइरहेको छ ।
यो अपराध ३ सयभन्दा बढी व्यक्तिको मिलेमतोमा योजनाबद्ध र संगठित रूपमा गरेको देखिएकाले अनुसन्धान प्रभावकारी बनाउन किर्तेको अनुसन्धानमा अब संगठित अपराधका दफासमेत लगाएर अघि बढाउने तयारी सीआईबी छ । किर्तेको मात्रै दफा लगाउँदा बढीमा २५ दिनभित्र अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा दायर गरिसक्नुपर्छ । तर, संगठित अपराधअनुसार अनुसन्धान हुँदा अधिकतम ६० दिनभित्र अदालतमा मुद्दा पुर्याउन पाउने व्यवस्था छ ।
तत्कालीन सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको १ सय ४३ रोपनीभन्दा बढी जग्गा हडप्न तत्कालीन भोगाधिकारी, भूमाफिया, कर्मचारी र सरकारमा रहेका राजनीतिक व्यक्तिको मिलेमतोमा सक्कली कागजात नै गायब पार्ने, सरकारी मिसिलका अंक-अक्षर थपघट गर्ने, फर्जी विवरण बनाउने, कानुनविपरीत मन्त्रालय तथा मन्त्रिपरिषदबाट निर्णय गराउने लगायत अपराध गरेको अनुसन्धानबाट खुलिसकेको छ ।
समरजंग कम्पनीका नाममा रहेको सरकारी जग्गा २०४९, २०६२, २०६६/६७ तथा २०६९ का विभिन्न मितिका मन्त्रिपरिषद, मन्त्रालय, भूमिसुधार, मालपोत, नापी, गुठीलगायत कार्यालयका गैरकानुनी निर्णयका आधारमा हडपिएको थियो । त्यसकै अनुसन्धानका क्रममा सीआईबीले आरोपीहरुलाई पक्राउ गर्न खोजेको हो । अहिले सरकारी कागजात किर्ते गरेर बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हडपेको कसुरमा संलग्नविरुद्ध मुलुकी ऐन २०२० बमोजिम अनुसन्धान अघि बढेको छ । अहिले मुलुकी अपराध संहिता २०७४ कार्यान्वयनमा रहे पनि मुलुकी ऐन कार्यान्वयनका बखत जग्गा हिनामिना भएको भनेर जिल्ला अदालत काठमाडौंले अनुमति दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
गण्डकीका मन्त्री देवकोटामाथि गरिएको कारवाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
असार १०, २०८१ सोमबार
एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार
झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
अविरल वर्षाले पोखरामा सडक भासिँदा आवागमनमा समस्या
असार १२, २०८१ बुधबार
नौ महिनादेखि तलब नपाएको कैलालीका स्वास्थ्यकर्मीको गुनासो
असार १२, २०८१ बुधबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार