हिरासतमा रहेका आरोपीलाई छाड्दा अनुसन्धान नै प्रभावित हुने सर्वोच्चलाई सीआईबीको जवाफ
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १७:२१:१३
१९ असार, काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारनिवास ललितानिवासको जग्गा हिनामिनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा रहेका मिनबहादुर गुरुङलाई छाड्दा अनुसन्धान नै प्रभावित हुने दाबी गरेको छ ।
गुरुङलगायत ३ जनाले थुनामुक्त हुन अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा दायर गराएका रिट निवेदनमाथि यसअघि भएको प्रारम्भिक आदेशबमोजिम पक्राउको लिखित कारण पेस गर्दै सीआईबीले यस्तो दाबी गरेको हो ।
सोमबार बुझाएको लिखित जवाफमा अहिले पक्राउ परेका व्यक्तिलाई छाडिए अनुसन्धान पूरै प्रभावित हुने उसले जनाएको छ । न्यायाधीश कुमार चुडालर्को एकल इजलासले असार १५ मा बाटाको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधविक्ताको कार्यालयममार्फत पक्राउ गर्नुका लिखत कारणसहित जवाफ दिन प्रारमिभ्क आदेश भएको थियो । सोही आदेशबमोजिम सीआईबी प्रमुख एआईजी किरण बज्रचार्यले पक्राउ परेकाहरुलाई छाड्न नमिल्ने जवाफ दिएकी छन् । आरोपीहरुको रिट खारेजमागी रहेको जिकिर गरेकी छन् ।
गत मंगलबार पक्राउ परेका सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मिनबहादुर गुरुङले वारेसमार्फत थुनामुक्तका लागि बन्दी प्रत्यक्षीकरणको रिट दायर गराए थिए । उक्त रिटमा आज पूर्ण सुनुवाइ हुने भनिए पनि ‘हेर्न नभ्याइने’ राखिएको छ ।
साथै आरोपीहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आजै मात्र अनुमति दिएको छ । साथै संगठित अपराधमा पनि अनुसन्धान गर्न सीआईबीले अदालतबाट अनुमति पाएकाे छ ।यसअघि सरकारी लिखत कीर्ते कसुरमा मात्र अनुसन्धान हुँदै आएको थियो ।
यो प्रकरणमा हालसम्म ९ जना पक्राउ परिसकेका छन् । ३ जना आरोपी भने अदालतबाट पहिल्यै ‘पक्राउ नगर्नू’ भन्ने आदेश लिएका कारण बोलाएका बखत उपस्थित हुन आउने सर्तमा सीआईबीले छाडेको छ । उनीहरुको उक्त आदेश खारेजी लागि पनि सीआईबीले आजै मात्र सर्वोच्चमा भ्याकेट दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार