पूर्वमन्त्री शेर्पालाई कसले थ्रेट गर्यो र हतियार किन्नु पर्यो ?
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार ११:३०:४६
२० असार, काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता कृपाशुर शेर्पाले निजी हतियार खरिदका लागि अनुमति मागेका छन् । जिल्ला प्रशासन कार्यालयमा एक निवेदन दिँदै आफूलाई सुरक्षा थ्रेट रहेको जनाएर निजी हतियार खरिदको माग गरेका हुन् । ‘उहाँले आफू असुरक्षित रहेको भन्दै सुरक्षाका लागि हतियार किन्न अनुमति माग्नु भएको थियो’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले भने । ती अधिकृतका अनुसार शेर्पाले कसबाट कसरी सुरक्षा थ्रेट भयो भन्ने बारेमा कुनै विवरण खुलाएका छैनन् ।
कोही कसैले हतियार राख्न चाहेमा नयाँ हतियार खरिदको सिफारिस गर्नुअघि सो को विश्वसनीय कारण र आधार पेश गर्नुपर्ने हुन्छ । कृपाशुरले त्यस्तो केही पेश नगर्दा खरिद अनुमति पाएका छैनन् । जिल्ला प्रशासन कार्यालयले पनि सुरक्षा थ्रेटको पूरै विवरण खुलाएर मात्रै हतियार खरिदका लागि गृहमन्त्रालयमा सिफारिस गर्नसक्छ । तर शेर्पाको हकमा भने कुनै पनि निर्णय गरेको छैन । सुरक्षा थ्रेट भए सरकारले सुरक्षाकर्मी (पीएसओ) खटाउने व्यवस्था छ भएपनि उनको हकमा भने विना निवेदन सुरक्षाकर्मी पनि खटाएको छैन ।
एमालेभित्र शेर्पा पारिवारिक विवादमा फसेका नेता हुन् । उनका दुई श्रीमती रहेको भन्दै यसअघि विवादमा आएका थिए । पर्यटन मन्त्री नियुक्त भएकै बेलादेखि शेर्पा विवादमा तानिएका थिए । छोरा गणेश शेर्पालाई नागरिकता नदिएको विषयले उनको झण्डै मन्त्री पद नै फुस्किने अवस्थामा पुगेको थियो । त्यति बेला पार्टी उपाध्यक्ष विद्या भण्डारीले स्थायी समितिमा त्यसलाई बैठकको एजेण्डा नै बनाएकी थिइन । तर, अध्यक्ष केपी ओलीको पहलमा विवाद साम्य भएको थियो ।
त्यसपछि मन्त्री शेर्पा छोरालाई नागरिकता दिलाउन बाध्य भएका थिए । अंश मुद्दामा उनी पटक पटक विवादमा आउने गरेका छन् । कृपाशुर शेर्पाले सरकारी कर्मचारी हुँदा दलित महिलामाथि यौन दुराचार गरेर छोरा जन्मिएको र उनका छोरा गणेशले नागरिकता नपाएको समाचार प्रकाशित भएपछि उनी विवादित भएका थिए । अंश विवाद र घरायसी झमेलामा रहेका बेला कुनै बेला शेर्पाले छोरा बुहारीलाई नै गोलीले उडाइदिने धम्की दिएर गौशाला प्रहरीमा थुनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार