प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहितासम्बन्धी ऐन संशोधन गर्ने विधेयक पारित गर्ने तयारी
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १२:५६:१८
२० असार, काठमाडौं । संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक आज बस्दैछन् । राष्ट्रियसभा बैठक दिउँसो २ बजेर ३१ मिनेट र प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे सुरु हुँदैछ ।
बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गर्ने तयारी गरेको छ ।अनुचित लेनदेन गरी साहुहरुले चर्को ब्याज र स्याज असुलेर घरखेत नै उठीवास गरेपछि त्यस्ता साहु (व्यक्ति)लाई कारवाहीको दायरामा ल्याउन सरकारले गत बैशाखमा ल्याएको अध्यादेशलाई संसदमा छलफल गराएपछि सरकारले मुलुकी फौजदारी संहिता २०७४ लाई संशोधन गर्न उक्त विधेयक ल्याएको हो । विधेयकमा सोमबार सांसदहरुले सुझावसहित धारणा राखिसकेका छन् ।
अध्यादेशबमोजिम मिटरब्याजी (अनुचित लेनदेन) जाँचबुझ आयोग गठन गरेर जनकपुरमा मुख्यालय खडा गरी काम गरिरहेको छ । मिटरब्याजीललाई फौजदारी कसुरमा कारवाहीका लागि ऐन संशोधन गर्न लागिएकोृ हो ।
यस्तै , बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएर बहुमतले पारितपछि पठाइएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’लाई कानुन मन्त्री धनराज गुरुङले दफाबार छलफल गर्न बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रियसभा बैठकमा भने सामान्य, ऊर्जा, स्वास्थ्य, परराष्ट्र र खानेपानी लगायत पाँच मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ । मंगलबरको बैठकमा पर्यटन, भूमि व्यवस्था, भौतिक पूर्वाधार लागतय ४ मन्त्रालयमाथि विनियोजित बजेट शिर्षकमा छलफल भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन
मंसिर १८, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार