गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १३:७:४४
२० असार, भालुवाङ । दाङको देउखुरीस्थित गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका भएको छ । मङ्गलबार आयोजित एक कार्यक्रममा सो घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले पूर्ण खोप सुनिश्चित गाउँपालिका भएको घोषणा गर्दै खोप यो कार्यक्रम निरन्तर चलिरहने र निर्धारित उमेर समूहका सबै बालबालिकाले खोप अनिवार्य लगाउनुपर्ने नेपाल सरकारको लक्ष्यअनुसार जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा र प्रमाणीकरण गर्ने कार्य अभियानकै रुपमा अगाडि बढाइरहेको बताए ।
सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधि सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए ।
खोप कार्यक्रम स्वास्थ्य क्षेत्रको सबैभन्दा सफल कार्यक्रम भएकाले कुनैपनि बालबालिका नछुट्ने गरी आगामी वर्षहरुमा सुक्ष्म ढङ्गले अभियानलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । उक्त गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका बालबालिकाको सङ्ख्या पाँच सय ७७ र १६ महिनादेखि ५९ महिनासम्मका बालबालिका एक हजार चार सय ६३ रहेकामा खोप अभियानमा तीन जना मात्र रोजगारको सिलसिलामा अभिभावकले बालबच्चा लिएर इँट्टाभट्टामा काम गर्न जाने गरेकाले खोप लगाउनबाट बञ्चित भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत किशोर आचार्यले पूर्णखोप गाउँपालिका घोषणा गर्न गरिएका अभियानका विभिन्न चरणहरुबारे जानकारी गराउनु भएको थियो । जिल्ला खोप समन्वय समिति सदस्य जुनुकुमारी बुढा, गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीलगायतले खोपका विविध विषयमा चर्चा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार