प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति एमालेका लागि बन्यो मसला, उचित जवाफ नआए दुवै सदन अवरुद्ध
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १३:१५:६
२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । उनको भनाइलाई लिएर सर्वत्र आलोचना भइरहेको छ । नेकपा एमालेले त प्रधानमन्त्री प्रचण्डको ‘भारत गए प्रधानमन्त्री भइन्छ’ भन्ने आशयको अभिव्यक्तिलाई मसला बनाएर राजनीतिक प्रतिशोधमा उत्रने तयारी गरेको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिकै विषयमा छलफल गर्न एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको थियो । बैठकमा एमाले सांसदहरुलाई प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध कसरी प्रस्तुत हुने भन्ने कुरामा प्रशिक्षित गरिएको छ । संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दिएको प्रशिक्षण अनुसार संघीय संसदका दुवै सदनको बैठकमा एमाले सांसदहरु प्रस्तुत भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए । देशका प्रधानमन्त्रीको भनाइ मान्ने हो भने प्रधानमन्त्री बन्न जनताको घरदैलो होइन, दिल्ली धाउनुपर्छ भन्ने आशय उनको अभिव्यक्तिमा झल्कन्छ ।
यही भनाइलाई लिएर सबैभन्दा धेरै नेकपा एमालेले आपत्ति छ । एमालेले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा यो विषय जोडले उठाउने तयारी स्वरूप दलको बैठकमा छलफल गरेको थियो । प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए दुवै बैठक अवरुद्ध गर्ने एमालेको तयारी थियो । तर, प्रधानमन्त्रीले जवाफ नदिदै एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका छन् । एमाले नेताहरू अहिले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर खरो रुपमा उत्रिएका छन् ।
यसै क्रममा एमाले महासचिव शंकर पोखरेलले पनि प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन् । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले संसदकै अपमानित गरेको उनको भनाइ छ । यसप्रति सांसदहरुको गम्भीर ध्यान जाने महासचिव पोखरेलले बताए ।
धेरैले जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य भएको बताएका छन् । यस विषयमा प्रतिनिधि सभाका सांसदहरुको ध्यान पनि खिचिएको छ । नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरण दीप सिन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रचण्डले यो विवादास्पद अभिव्यक्ति दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनको आह्वान
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार
महाकाली नदीको टापुमा फसेका २७-२८ जना मजदुरको उद्धारका लागि पहल जारी
बैशाख २७, २०८१ बिहिबार
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
बैशाख २७, २०८१ बिहिबार
लखनउमाथि सनराइजर्सको १० विकेटको जित
बैशाख २७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनको आह्वान
बैशाख २७, २०८१ बिहिबार