पोषण सुधारका लागि सुत्केरीलाई घ्यू र अण्डा उपहार
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १४:६:१४
२० असार, पर्वत । जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो ।
चालु आर्थिक वर्षमा रु चार लाख बजेट विनियोजन गरिएको ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’मार्फत संस्थागत सुत्केरी भएकालाई घ्यू र अण्डा वितरण गरिएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । “वि.सं २०७९ साउनदेखि यही असार मसान्तसम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र एक माना घ्यू वितरण गर्ने कार्यक्रम छ”, उनले भने, “पालिकाका–१, २, ३, ४, ७, ८ र ९ का करिब दुई सय सुत्केरीलाई घ्यू र अण्डा सम्बन्धित वडामा पुगेर वितरण गरिएको हो, वडा नं ५ लेकफाँट र ६ शालिजामा आज वितरण गर्ने कार्यक्रम छ ।”
सुत्केरी, गर्भवती तथा बच्चा दुई वर्षको हुँदा सम्मको अवस्थामा पौष्टिक आहारको व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह गराउने र संस्थागत सुत्केरी सेवामा पहुँच बढाउने कार्यक्रमको लक्ष्य रहेको छ । लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट उपाध्यक्षको सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख विन्दु शर्माले घ्यू र अण्डा वितरणका क्रममा स्वास्थ्यकर्मीबाट पोषण र पौष्टिक आहार तयार पार्ने विषयमा परामर्श पनि दिने गरिएको बताए । जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित टोलटोलमै पुगेर अण्डा र घ्यू वितरण गरिनाका साथै आमा तथा बच्चाको स्वास्थ्य परीक्षणसमेत गरिने भएकाले महिलालाई ठूलो राहत भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार