सक्षम व्यक्तिले नेतृत्व गर्ने न्यायपरिषदको कार्यसम्पादन भने जहिले पनि असक्षम र विवादित
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १५:३४:३२
२० असार, काठमाडौं । अदालतभित्रको अदालत भनेर चिनिएको न्यायपरिषद न्यायाधीश नियुक्तिको समय आउनासाथ विवादमा तानिन्छ । न्यायालयको यो एक प्रशासनिक अंग पनि हो । अदालतका न्यायाधीशको पनि न्याय र अन्याय हेर्ने काम परिषदबाट हुन्छ । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली परिषदबाट गएको एक पत्रले राजीनामा दिनुपर्ने वाध्यतामा पुगेका थिए ।
बाहिरबाट हेर्दा खास काम नदेखिए पनि न्यायपरिषद न्यायिक क्षेत्रको एक अभिन्न अंग नै हो । तीनै तहका अदालतमा न्यायाधीश नियुक्ति गर्नु यसको खास काम हो । यति बेला जिल्ला, उच्च र सर्वोच्चसम्म रिक्त पदमा न्यायाधीश नियुक्तिको प्रक्रिया चलिरहेको छ । न्यायाधीश नियुक्त गर्ने भनेर यसअघि बसेका तीन वटा बैठक निष्कर्षमा पुग्न सुकेनन् । कारण हो सदस्यबीच एक मत नहुनु ।
नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेको भनाइमा न्यायपरिषदले काम गर्न नसकेकै कारण बेला बेलामा अदालती कामकाजमा समेत विवाद र समस्या आउने गरेको छ । अहिले सर्वोच्च अदालतदेखि जिल्ला न्यायाधीशसम्म नियुक्ति गर्न नसकिरहेको अवस्थालाई जोडेर हेर्दा न्यायपरिषद्ले काम गर्न नसकेको कारण अलमल भइरहेको छ । सक्षम, निष्पक्ष र स्वतन्त्र न्यायाधीश चयनमा लागि न्यायपरिषद्ले निरन्तर काम गर्न सकेको छैन ।
न्यायपरिषद्ले एकदिन मिटिङ बसेकै भरमा ५०-६० जना न्यायाधीश नियुक्त गर्ने चलन छ । व्यक्ति कस्तो ल्याउने र कसरी निष्पक्ष बनाउने भन्नेमा यसको ध्यान गएको छैन । सर्वोच्चमा नसकिए पनि उच्च र जिल्लाका न्यायाधीश नियुक्ति गर्दा न्यायपरिषदको सचिवालयले पनि प्रशस्त होमवर्क गर्न सक्छ । तर, सचिवालयको होमवर्कले भन्दा फरक विषयले न्यायाधीश नियुक्तिमा प्रभाव पार्ने गरेको छ ।
प्रधानन्यायाधीशले न्यायपरिषदको अध्यक्षता गर्ने परम्परा छ । प्रधानन्यायाधीशसहित कानुन मन्त्री, वरिष्टतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ गरी पाँच जना न्यायपरिषद सदस्य छन् । यी पाँच मध्ये कसैमा पनि एकरुपता हुँदैन । कसरी र कुन मापदण्डमा जाने भन्ने विषयमा नै अहिले पनि विवाद छ । न्यायाधीश नहुँदा अहिले अदालतमा मुद्दाको चाङ छ ।
३२ हजारभन्दा बढी सर्वोच्च अदालतमा मुद्दा छन् । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन समितिले काम गरिराखेको अवस्था छ । तर, मुद्दा घटेका छैनन् । सर्वोच्चमै छ जना न्यायाधीश खाली छ । छ जना न्यायाधीश भनेको तीन वटा डिभिजन बेन्च हो । तीन वटा डिभिजन बेन्चले कम्तीमा पनि एक दिनमा ३० वटा मुद्दा फैसला गर्नुपर्छ ।
जिल्ला न्यायाधीश पनि खाली छ । उच्च अदालतमा ४५ जना न्यायाधीश पद रक्ति छ । यसले पनि न्यायपरिषदको असक्षमता प्रष्टैसँग देखिन्छ । न्यायपरिषदमा गएका व्यक्तिहरूले पनि विभिन्न स्वार्थ राखेकाले काम हुन सकिरहेको छैन् । व्यक्ति न्यायाधीश बन्न लायक छ कि छैन, योग्य छ कि छैन, निष्पक्ष हुन सक्छ कि सक्दैन भनेर न्यायपरिषदले काम गर्न नसकिरहेको अवस्था विद्यमान छ ।
यसैले यति बेला न्यायपरिषद राजनीतिक भागबन्डा, करिअर जजको सरोकार र वकिलहरूको आकांक्षा सम्बोधन गर्नुपर्ने चुनौतीका बीचमा छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा ढिलाइ पनि यसै कारण भइरहेको छ । करिब ९ महिना कामुको जिम्मेवारीमा बसेर दुई साताअघि प्रधानन्यायाधीश बनेका हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिकै लागि भनेर दुई पटक न्यायपरिषदको बैठक बोलाए तर, न्यायाधीश नियुक्तिको सिफारिस हुन सकेको छैन । उमेर हदका कारण कार्की आउँदो साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन । अवकाश जाने प्रधानन्यायाधीशबाट किन न्यायाधीश नियुक्ति गराउने भन्ने विवाद पनि परिषदमा सदस्यहरूमा छ ।
अहिले परिषदको पदेन सदस्य रहेका कानुन मन्त्री धनराज गुरुङ र प्रधानन्यायाधीश कार्कीबीच अब अधिवक्ताहरूलाई सर्वोच्चमा न्यायाधीश राख्ने कि नराख्ने भन्नेमा पनि असमझदारी छ । कानुन मन्त्री अधिवक्ताहरूलाई न्यायाधीश नबनाउने पक्षमा देखिएका छन् भने प्रधानन्यायाधीश कानुन व्यवसायीबाट पनि न्यायाधीश बनाउने पक्षमा छन् । वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कानुन मन्त्रीको एउटा भनाइ छ भने दुई सदस्य रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी अधिवक्ताहरूलाई पनि न्यायाधीश बनाउने पक्षमा देखिएका छन । यसैले प्रधानन्यायाधीश कार्कीले बहुमतबाट निर्णय गराउन खोजिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बजार खुल्नासाथ नेप्सेमा ७ करोड ३३ लाखको कारोबार
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार