प्रतिनिधिसभा बैठकमा विपक्षीहरूको अवरोध, आधा घण्टाका लागि स्थगित
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १६:३५:२०
२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधिसभाको बुधबारको बैठक अवरोध गरेको छ । प्रधानमन्त्री प्रचण्डले गत सोमबार काठमाडौंमा आयाेजित पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरकार प्रितम सिंहले पटक पटक भारतको नयाँ दिल्ली गएको भनी अभिव्यक्ति दिएको भन्दै विरोधमा प्रतिनिधिसभाको बैठक सुरु लगत्तै अवरुद्ध गरेको हो । बैठक आज दिउँसो ४ बजे सुरु भएको थियाे ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिना साथ एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले देशको शिर निहुरिने र संसदको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै सदनमा उपस्थित भएर प्रधानमन्त्रीले प्रष्टीकरण नदिएसम्म सदन चल्न नदिने धारणा राखे । लगत्तै एमाले, रास्वपा र राप्रपाका सांसदहरुले रोष्ट्रम घेराउ गरेका छन् ।
सांसद पन्तले प्रधानमन्त्रीलाई संसदले नभई कसैले बनाइदिएको अभिव्यक्ति दिने प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने धारणा राखे । उनले देशका प्रधानमन्त्री कसले बनाउँछ भन्दै प्रश्न गरे । ‘सभामुख महोदय, प्रधानमन्त्री सार्वभौम संसदले बनाउँछ कि कसले बनाउँछ ?’ पन्तले प्रश्न गरे ।
बैठकमा शून्य समय दिएर सांसदहरुलाई बोल्न समय दिइए पनि बैठक चल्न नसके पछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
यसअघि साढे २ बजे सुरु भएको माथिल्ले सदन राष्ट्रियसभाको बैठक पनि एमालेका सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरुद्ध बनाएपछि आजै बस्ने गरी स्थगित भएको छ । बैठक अझै बस्न सुरु हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
अमेरिकी राष्ट्रपति वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार