तातोपानीमा निःशुल्क घर बीमा कार्यक्रम
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १६:४७:४९
२० असार, जुम्ला । जिल्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको सुरक्षाका लागि ‘निःशुल्क घर बीमा’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा निःशुल्क घर बीमाको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए ।
तातोपानीका आठ वटै वडाका तीन हजार तीन सय घरधुरीका लागि निर्जीवन बीमा सुरक्षाको प्रत्याभूति दिनका लागि रू २० लाख बजेट नीति तथा कार्यक्रममार्फत विनियोजन गरिएको उनले जानकारी दिए। अध्यक्ष चौलागाईँले भने, “अविरल वर्षा र बाढी पहिराका कारण प्रत्येक वर्ष नागरिक घरबारविहीन हुनु परेको छ । नागरिकको बासस्थानको सुरक्षाका लागि घर बीमा योजना ल्याएका छौँ ।” स्थानीयको सुरक्षामा पहिलो जिम्मेवारी स्थानीय सरकार भएकाले यहाँका नागरिकको सुरक्षाका लागि घर बीमा कार्यक्रमलाई पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो ।
अध्यक्ष चौलागाईँका अनुसार नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बीमा कम्पनीसँग सहकार्य गरेर यहाँका नागरिकको घर बीमा गरिने छ । प्रत्येक घरलाई रू पाँच लाख बराबरको बीमा गर्ने पालिकाले जनाएको छ । घरमा प्राकृतिक विपत्ले क्षति पुर्याएमा बीमाबाट राहत पुग्ने उनले बताए ।
गत वर्ष असोजमा आएको अविरल वर्षाले तातोपानी क्षेत्रमा धैरे क्षति गरेको थियो । अझैसम्म यहाँका खेतबारी र विद्यालय पुनः निर्माण हुन सकेका छैनन् । प्रकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्दै नागरिकलाई राहत महसुस गराउनका लागि आव २०८०र८१ आर्थिकबाट उक्त कार्यक्रम लागू गरिएको उपाध्यक्ष रेवती रावलले जानकारी दिए ।
नीति तथा कार्यक्रममार्फत पालिकाबाट सञ्चालन हुने गौरवका बुहवर्षीय तथा ठूला प्रकृतिका योजनाको दिगो व्यवस्थापन संरक्षण गर्दै मर्मतसम्भार गरी दिगोपना दिने उद्देश्यले बीमा योजनाका लागि बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।
पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्न तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउनका लागि ‘किसानमैत्री योजना’ नीति तथा कार्यक्रममा ल्याएको तातोपानी गाउँपालिकाले जनाएको छ । गर्भवती तथा सुत्केरीलाई अस्पतालसम्म आउजाउ गर्नका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउँदै ‘म स्वास्थ्य मेरो गाउँपालिका स्वास्थ्य’ कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष चौलागाईँले जानकारी दिए । उनका अनुसार पालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नका लागि आठवटै वडाका नागरिकका लागि रू दुई लाखका दरले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न रू १६ लाख विनियोजन गरिएको छ ।
बजेट वक्तव्यमा सबै वडामा दीर्घरोगी र वृद्धहरूलाई घर–घरमै गएर निःशुल्क उपचार गर्ने तथा मधुमेह र उच्च रक्तचापको निःशुल्क परीक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव प्रेस युनियनमा प्रवेश
जेठ ११, २०८१ शुक्रबार
कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
जेठ ११, २०८१ शुक्रबार
अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयमा मस्कले जनाए विरोध
जेठ ११, २०८१ शुक्रबार
जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी
जेठ ११, २०८१ शुक्रबार