मोटरसाइकलले कुकुर किचेको विवादमा चालकद्वारा गोली प्रहार
कञ्चट र छातीमा गाेली लागेका कुकुर मालिककाे आईसीयुमा उपचार हुँदै
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १४:१३:२
२१ असार, काठमाडौं । महोत्तरीमा मोटरसाइकलले कुकुरलाई किचेको घटनामा चलेको विवादमा कुकुर मालिकमाथि मोटरसाइकल चालकले गोली प्रहार गरेका छन् ।
मंगलबार रामगोपालपुर नगरपालिका–१ बसबिट्टिमा कौशल मण्डलले चलाएको बा. २८ प. ९८८ नम्बर प्लेटको मोटरसाइकलले श्रवणको कुकुरलाई छोएपछि विवाद चलेको थियो । विवादका क्रममा श्रवणसहित समूहले ३८ वर्षीय कौशलमाथि कुटपिट गरेको थियो । कुटपिटबाट सामान्य घाइते भएका कौशलले यादवलाई ज्यान मार्ने धम्की दिएर घर गएका थिए ।
त्यसपछि कौशलले सोही दिन साँझ पेस्तोल लिएर रामगोपालपुर चोकमा पुगेर ४४ वर्षीय श्रवणमाथि २ राउण्ड गोली प्रहार गरेका थिए । प्रहारपछि फरार हुने क्रममा उनी समातिए ।
गोली एउटा छातीमा र अर्को घाँटी हुँदै कञ्चटबाट निस्किएको प्रहरीले जनाएको छ । कौशललाई पेस्तोल र ३ राउण्ड गोलीसहित पक्राउ गरिएको छ । उनीमाथि जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बिहीबार नै सार्वजनिक गरेको छ ।
गोली लागी गम्भीर घाइते श्रवणको जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको आईसीयुमा राखेर उपचार भइरहेको छ । गोली हानी भाग्न खोज्दा समात्ने क्रममा श्रवणका अविनाश र स्थानीय सियाशरण मण्डल घाइते भएका छन् । पक्राउ परेका अभियुक्त केही दिन अघिमात्र कुवेतबाट घर फर्केको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार