सार्वजनिक सवारी साधनमा नगद र सामान चोरीमा संलग्न ३ जना पक्राउ
डलर चोरीमा समेत संलग्नता रहेको आरोप, डलर सटही गर्ने महिला पनि पक्राउ
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १४:४२:०
२१ असार, काठमाडौं । प्रहरीले सार्वजनिक सवारीसाधानमा यात्रुको नगद तथा सामान चोरी गर्ने चार जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर चोरी घटनामा परेको उजुरीमा ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक इन्द्रवाती गाउँपालिका–६ घर भई हाल भक्तपुर ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्साको ठोरी गाउँपालिका– ५ घर भई काठमाडौंको दक्षिणकाली बस्ने ३३ वर्षीय आइतमान तामाङ, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई ललितपुरको इमाडोल बस्ने २१ वर्षीया सविना तामाङ रहेका छन् ।
चोरीको डलर सटही गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ग्वार्कोकी ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठ रहेकी छन् । श्रेष्ठको साथबाट डल र नेपाली २ लाख रुपैयाँ पनि बरामद भएकोा प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध डकैती र संगठित चोरी कसुरमा अदालतमा म्याद थप लिई अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार